शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची भदौ -१२ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा नयाँ भवन निर्माण हुने भएको छ । भुकम्प प्राधिकरणको लगानीमा ४ कोठे पक्की भवन र आधुनिक सौचालय निर्माण गर्न लागिएको छ ।
भवनको प्रदेशसभाका सदस्य रामजी प्रसाद घिमिरेले शिलान्यास गर्नुभएको छ । भवनको शिलान्यास गर्दै उहाँले भवन निर्माणको काम गर्दा गुणस्तरलाई ध्यान दिनुपर्ने बताउनु भयो । प्राविधिक स्टिमेट अनुसार गुणस्तरीय काम भएमा मात्र राज्यको लगानीको सहि रुपमा सदुपयोग हुने भन्दै उहाँले जिम्मेवारी बोधका साथ काम गर्न आग्रह गर्नुभयो । स्थानीय तहमा हुने सबैखाले विकास निर्माणका काममा निगरानी गर्न स्थानीय बासिन्दालाई आग्रह गर्दै सांसद घिमिरेले जनताले राज्यले गर्ने बिकास मेरो लागि हो भनी सचेतता पुर्वक निग्रानी,सहयोग र अनुगमन नगरे सम्म बिकासको कामले गतिलिन नसक्ने बताउनुभयो । उहाँले केही बर्ष भित्रमै जिल्लामा बिकासका पुर्वाधार पूरा गर्नेगरी बिकासको कामले तिब्रता पाएको समेत बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले शैक्षिक गुणस्तर बृद्धिको निम्ति पुर्वाधार बिकासको महत्वपुर्ण योगदान हुने भन्दै आधुनिक भवन निर्माणले विद्यार्थीमा उत्साह थप्ने बताउनुभयो । विद्यालयका पुर्व शिक्षक समेत रहनु भुसालले विद्यालयको भौतिक निर्माणको निम्ति आफ्नो तहबाट कुनै कसर बाँकी नराख्ने भन्दै शैक्षिक गुणस्तर बृद्धिमा सबैको ध्यान जानुपर्ने बताउनु भयो ।
विद्यालयका शिक्षक शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोर ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा शिक्षा बिद् नरेन्द्र कुमार क्षत्री ,भुकम्प प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई( शिक्षा ) का प्रमुख बलाराम मिश्र,उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ ,सन्धिखर्क नगरपालिका वडा नं .१ र २ का अध्यक्ष क्रमशः युवराज बन्जाडे,मोतिजङ्ग रायमाझी , वार्ड सदस्य लक्ष्मण पराजुली , शुष्मा श्रेष्ठ , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्य, विद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसाल लगायतको उपस्थिति रहेको थियो ।