थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमित १६ हजार १९ रहेको छ । हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन् ।
काठमाडौं उपत्यका ४१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १९५ जना पुगेका छन् । इमेजखबरमा समाचार छ ।