कमला घिमिरे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका अन्तरगत ठाडा-जुकेना-जलुके लामाताल पतन्जली मार्गको बिभिन्न ठाउँमा पहिरो जाँदा स्थानीय बासिन्दाले बिरामी हुँदा सास्ती भोग्नुपरेको छ ।
विभिन्न सामाजिक सन्जाल अनलाइन मिडिया मार्फत जनताका गुनासाहरु आइरहदा आज शुक्रबार भने शितगंगा नगरपालिका वार्ड नम्बर ५ र ६ का वडाअध्यक्षले बाटो सोर्ने कार्य सुरु गरेका छन् ।
बाटो सोर्ने कार्य सुरु भएको भन्दै फोटो खिचेर सामाजिक संजालमा राखिएको र बाटो त सोरियो बाटोको सुरुवातमै रहेको पहिरो फाली झन्डै पाँच सय मिटर बाटो सोरी डोजर फर्किएको छ । साथै जनताले बाटो सोर्ने भनी भ्रम फैलिएको गुनासो गरेका छन् ।
उता वर्षायाम सुरु भए सगैँ पहिरो खसेरबाटो हिलाम्मै भएपछि शितगंगा नगरकै मुख्य बजार नजिकै लामोसमयदेखि अस्तब्यस्थ रहेको बाटो निर्माणमा कसैले चासो नदेखाएको भन्दै स्थानीयले विरोध जनाए पछि बाटो निर्माण सुरु भएको छ ।सडकको मर्मत नहुँदा स्थानियलाइ आवतजावतमा समस्या हुदै आए पछि स्थानियहरुले चर्को विरोध गनृ थाले पछि बाटो पुननिर्माण हुन थालेको हो ।सामान्य पानी पर्दा समेत हिलाम्मै भए पछि नगरपालिका का जनप्रतिनिधीहरु लाइ बाटो मर्मतको लागी आग्रह गरेका थिए ।
नगरपालिकाकै सबै जनप्रतिनिधीहरु त्यहीबाटो हिडे पनि जिर्ण सडक प्रति कसैको आखाँ भने गएन । अमराइ बाट भालुवाङ्ग सम्म जाने सडक शितगंगा नगरपालिकाकै मुख्य सडक हो तर नगरपालिकाले बर्षनी करोडौ खर्च गरे पनि यो सडकको अबस्था हरेक बर्ष यस्तै छ ।
४ वटा वडा प्रबेस गर्ने मुख्य सडक नै हिड्नै नसक्नेगरि खराव भए पछि स्थानियहरुले तिव्र बिरोध गरे पछि वडा नम्बर ५ र ६ का वडा अध्यक्षहरुले सडकमै बसेर सडक मर्मत कार्यलाइ तिव्रता दिनु भएको छ ।
२ दिन सम्म नगरपालिकामै बसेर सडक नबनाए सम्म जनताले जान दिने अबस्था नभएको भन्दै नगरपालिकामै धर्ना दिए जस्तै गरि बसेर सडक मर्मतको काम सुरु भएको वडा नम्बर ६का वडा अध्यक्ष ऋषि रेस्मिले बताउनु भयो । सडकमा अन्य स्थानमा पनि सडक मर्मतको काम सम्पन्न भएको वडा अध्यक्ष रेस्मिले बताउनु भयो ।