अमेरिकी राष्ट्रपति ओबामाद्बारा चिकित्सा सुधारको कानुनी मसौदामा हस्ताक्षर

अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिजो व्हाइट हाउसमा चिकित्सा सुधारको कानुनी मसौदामा हस्ताक्षर गर्नुभयो। जसबाट चिकित्सा सुधारको कानुनी मसौदा औपचारिक रुपमा ऐन बनेको छ।

          उक्त हस्ताक्षर समारोहमा श्री ओबामाले उक्त कुराबाट अमेरिकी इतिहासमा नयाँ अध्याय खोलिएको कुरा पनि बताउनुभयो। उक्त चिकित्सा सुधारको कानुन लागु भएपछि समस्त अमेरिकामा चिकित्सा बीमा नभएका लगभग तीन करोड बीस लाख जनता लाभान्वित हुने भएका छन्। साथै चिकित्सा बीमा प्रचलित दर पहिलेको पचासी प्रतिशतदेखि पन्चानब्बे प्रतिशत पुग्नेछ।

          अमेरिकी काङ्ग्रेस तथा सिनेटका डेमोक्रेटिक पार्टीका अधिकांश सदस्यहरु उक्त हस्ताक्षर समारोहमा सम्मिलित थिए।