अर्घाखाँचीडट्कम संवाददाता
धतिवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर -६ धतिवाङका एक युवाले आफ्नै लगानीमा पक्की पुल निर्माण गरेका छन् ।
धतिवाङका राम प्रसाद पौडेलले आफ्नै लगानीमा एक लाख पन्ध्र हजार खर्च गरी धतिवाङको फेदि सिस्नेखोलामा पक्की पुल निर्माण गरेका हुन् ।
यस पक्की पुल बनेपछि माेटरसाइकल गाई, भैसी समेत हिंड्न् मिल्ने भएको छ । वर्षौदेखि वर्षाको याममा दु:ख पाउदै आएका पाणिनीबासीलाई ठुलो राहत भएको छ । यहाँबाट दिनमा सयौ मानिस ओहोर दोहोर गर्दै आएका छन् ।
पुल नहुँदा सिस्नेखोलाको फेदिमा सधै भरी यात्रा गर्न कठिनाई थियो । यहाँ जनप्रतिनिधिले चार बर्षको बजेट बाढदा समेत कसैको ध्यान पुगेको थिएन् । गाउँपालिका, वार्ड नाममा मात्र सिमित भएका छन् ।
पौडेलले समाजमा कसैले गर्न नसकेको काम गरेर देखाएपछि उनलाई पाणिनीबासीले हिरो बधाई दिएका छन् । अर्घाखाँची जिल्लामा अरुको पैसा उठाएर समाजसेवी गर्दै आएर आफुलाई समाजसेवी बताउनेहरुको लहर चलेको बेला उनी मात्र अर्घाखाँचीको ईतिहासमा पहिलो व्यक्ति हुन्, जसले आफ्नै खर्चमा गाउँपालिका, वार्ड कसैले गर्न नसकेको काम गरेर देखाएका छन् ।
अर्घाखाँचीमा पौडेल पहिलो उदाहरण हुन्, जसले फेसबूकबाट अरुसँग पैसा उठाउदै समाजसेवीको नाममा ज्यान पाल्नेहरुलाई पाठ सिकाएका छन् । साथै समाजसेवी हुँ भन्नेलाई अबदेखि अरुसँग एक पैसा नदिई आफैले नै सिदा पीडितलाई सहयोग गर्न अनुरोध पनि गरेका छन्; उनले ।
फोटोहरु:-