प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको "मिन्चु चोसोन" नामक समाचार-पत्रले आज एउटा लेख प्रकाशित गरी अपहरण समस्यालाई कोरियाली प्रायःद्बीपको आणविक समस्यासँग जोडेकाले जापानमाथि दोषारोपण गरेको छ।
सो अनुसार हाल आयोजित एउटा कार्यक्रममा उत्तर कोरियाका लागि जापानी राजदूतले अपहरण समस्याको समाधानलाई कोरियाली प्रायःद्बीपको आणविक अस्त्ररहित लक्ष्यलाई जोड्नुपर्ने कुरा दाबी गर्नुभएको थियो।
अपहरण समस्या चाहिँ कोरियाली प्रायःद्बीपको आणविक अस्त्ररहित लक्ष्यबीच कुनै पनि आन्तरिक सम्बन्ध छैन भन्दै उत्तर कोरिया र जापानबीचको सम्बन्धको सुधार गर्ने एक मात्रै उपाय चाहिँ जापानले आफूले गरेको अपराधका लागि क्षमयाचना गर्नुका साथै क्षति व्यहोर्नु नै हो भनी उल्लेख गरिएको छ।