अर्घाखाँची फुड बैंक वाङ्लामा विस्तार, गाउँ – गाउँमा सेवा दिदै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित टुडिखेल मन्चलाईनबाट संचालनमा आएको फुड बैंक वाङ्लामा विस्तार भएको छ ।
“अर्घाखाँची फुड बैंक” अभियानकर्ताहरुले सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको नाङ्गेठाटीमा पनि यो सेवा विस्तार गरेका हुन् । लकडाउनका कारण गाउँमा पनि स्थानियबासी समस्यामा परेको भन्दै उनिहरुले सेवालाई गाउँ – गाउँमा विस्तार गर्ने बताए । समाजसेवी प्रेम खड्का, हलिम खान, विशालआचार्य लगायतका अभियानकर्ताहरु यस सेवामा खटिएका छन् । 
उता यसअघि सडकमा संचालनमा ल्याइएको “अर्घाखाँची फुड बैंक” हिजो शनिबारदेखि टुडिखेल मन्चलाईनको एक सटर व्यवस्थित गरी संचालनमा ल्याइएको हो । उक्त सटर समाजसेवी कमला भण्डारीले निशुल्क उपलब्ध गराउनुभएको हो ।     
बिहीवारदेखि ज्याला मजदुर गरेर खाने पिडित बिपन्न परिबारलाई सहयोग गर्ने उदेश्वले फुड बैंक स्थापना गरिएको थियो । यहाँ अहिलेसम्म २५,३० गरिब मजदुर परिबारले लाभ लिई सकेका छन् ।  
समाजसेवी तथा सामाजिक अभियान्ता सचिन पाण्डेको नेतृत्व तथा हलिम खान, समाजसेवी कमला भण्डारी बिष्णु क्षेत्री सहितको पहलमा अर्घाखाँची फुड बैंकको स्थापना गरि सन्चालन गरिएको छ । 
यसमा लाग्ने आर्थिक सहयोग अहिलेसम्म अभियान्ता सचिन पाण्डेले गर्दै आउनु भएको छ भने स्थानीय स्तरबाट पनि यस अभियान सन्चालनका लागि सहयोग जारी रहेको छ।
अभियानलाई निरन्तर सन्चालन गर्नका लागि सहयोगमा जोडिन सबै सहयोगी मनहरुलाई अभियान्ता पाण्डेले अनुरोध गरेका छन्।
जिल्लामा फुड बैंक स्थापना लागि अभियान्ता पाण्डेले जिल्लाका जुझारु युवा हलिम खान लगायतका युवासँगको निरन्तर छलफल र प्रयासपछि यो अभियानले पुर्णता पाएको हो । 
अहिले सहयोगी भावना राखी सहयोगी मनहरु जोडिने क्रम जारी रहेको छ। अभियान यस्तो अभियान हो हुनेले नहुनेलाई दिएर गरिबको मजदुरको चुल्हामा निरन्तर आगो बाल्नु नै हो। त्यसैले हुनेले दिनुहोला नहुनेले लानुहोला हो, सामाजिक अभियान्ता सचिन पाण्डेको भनाई छ ।
अभियान्ता पाण्डेले अर्घाखाँची सहित काठमाडौं विभिन्न ठाउँमा गरि ५ वटा फुड बैंक सन्चालन गरि दुखि गरि मजदुरको सेवा गरिरहेका छन्।  

अन्य समाचारहरु