सन्धिखर्कको हटारी नेटामा हाटवबजार, चिस्यान केन्द्र, संकलन केन्द्र स्थापना गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको हटारी नेटामा हाटवबजार, चिस्यान केन्द्र, संकलन केन्द्र स्थापना गरिने भएको छ । 
सन्धिखर्क नगरपालिकाले हटारी नेटामा हाटवबजार, चिस्यान केन्द्र, संकलन केन्द्र स्थापना गर्न काम थालिन गरेको छ ।
आईतबार नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकाेटा लगायतले उक्त क्षेत्रको अनुगमन गरेका थिए ।
जग्गामा अब सन्धिखर्क नगरपालिका ले ब्यबस्थित हाट बजार बनाउने छ जसबाट अर्घाखाँची का किषानहरु निकै लाभान्वित हुने छन ।
हटारी नेटा र सन्धिखर्कको बिचमा रहेको १४ रोपनि जग्गामा ब्यबस्थित रुपको हाटबजार नमुना चिस्यान सकलन केन्द्र बनाउनका लागि जग्गा छुट्टाउने काम सुरु भएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो । 

अन्य समाचारहरु