बिष्णु थापा
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको एतिहासिक क्षेत्र खाँचीकोटमा रहेको भगवती मन्दिर बिगत ३ बर्षदेखि जिर्ण अबस्थामा छ ।
स्थानिय सरकारले जिर्ण अबस्थामा भएका धार्मिक स्थललाई पुनर्निर्माण गर्ने भनेपनि खाँचीकोटको भगवती मन्दिरको मर्मत, सुधार कार्य अहिलेसम्म हुन सकेको छैन् ।
एतिहासिक धार्मिक महत्त्व बोकेको र यस मन्दिर पौरातात्विक झल्किने राजदरबार समेत रहेको छ। यो क्षेत्र पर्यटकीय र धार्मिक स्थल को रुपमा पनि परिचित छ। यस्तै यस दरबार र मन्दिरको उचित संरक्षण गर्न सके यस क्षेत्रको दिगो बिकास हुन सक्छ ।
तर राजनीतिक आर्थिक चहल खेलको भुमरीले यसको उद्दार हुन सकेन् । कुनै सरोकार पक्षले ठोस चासो नदेखाउदा यो मन्दिरको यो बिजोग भएको हो।
यस मन्दिरको आफ्नै धार्मिक आस्था छ । भने विशेष त दसै मा एक महिना यहाँ बिशेश पुजा हुन्छ र थुप्रै भक्तजन हरु दर्शन गर्ने गर्छन् । जिल्लामै परिचित तृदशी मेला पनि लाग्ने गर्छ। तर यसको संरक्षणमा कसैले चासो नराख्दा हाम्रा सास्कृतिक र धार्मिक मौलिकताहरु यसरी धरापमा परेका स्थानियबासीहरु बताउन्छन् ।