अर्घाखाँचीमा सर्पले डसेरको मरेको व्यक्तिलाई ब्युँझाउने भन्दै तान्त्रिक, तान्त्रिक बैद्य प्रहरी नियन्त्रणमा

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको थारपाइलाका सर्पले डसेर मरेका एक व्यक्तिको अस्पतालले मृत घोषणा गरिसकेको शवलाई तान्त्रिकले ब्युँझाईदिने भन्ने तान्त्रिक बैद्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 सर्पले डसेर मरेका ३५ वर्षिय यम बहादुर बेल्बासेको अस्पतालले मृत घोषणा गरिसकेको शवलाई तान्त्रिकले ब्युँझाईदिने तान्त्रिक बैद्यलाई इलाका प्रहरी कार्यालय ठाडाका‌ प्रमुख बाबुराम बस्नेत सहितको टोलीले नियन्त्रणमा लिएको हो ।
जुकेनामा सर्पले डस्दा यम बहादुर बेल्बासेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईतवार दिउँसो मृत्यु भएको थियो । शनिवार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आईतवार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
शितगंगा–५ का  वडाअध्यक्ष कमल पौडेलका अनुसार बिरामीको अवस्था गम्भिर भएपछी सर्पदंश उपचार केन्द्र गोरुसिंगेले लसम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । एक्लो बस्ती भएका कारण शनिवार कुनै चाँसो नलिएपछी बिस्तारै विषले असर देखाउन सुरु गरेको थियो । पहाडको सर्पले टोकेर खासै बिष नलाग्ने सोंचाई र लकडाउनका कारण सवारी साधनको सरल पहुँच नभएपछी सर्पले टोकेको झन्डै १६ घन्टापछी मात्र उनलाई गोरुसिङ्गे पु¥याईएको थियो ।
अस्पतालले समेत मृत घोषणा गरिसकेपछी परिवारले शव दाहसंस्कार गर्न स्थानिय चक्ला–जुकेना सडकखण्डको भाविनघाट लैजादै गर्दा एक जना तान्त्रिकको फोन आयो र मैले ब्युँझाउन सक्छु भने । अस्पतालले मृत घोषणा गरेको शवलाई चार घंटामा ब्युँझाउने तान्त्रिकका कुराले परिवार झसंग भयो । आश मरिसकेको र दाहसंस्कारका लागी घाट लैजादै गर्दा त्यो कुराले उनीहरुमा आशाको किरण देखियो ।
विज्ञानले मृत स्विकारेको कुरा तान्त्रिकले स्विकारेनन् । उनले दुई घंटादेखी प्रयास गरिरहेका थिए । झोलामा जरिबुटी ल्याएका उनले सर्पले डसेको ठाउँमा औषधोपचार गरिरहेका थिए । तर, शवले हलचल गरेको थिएन् । तान्त्रिकको कुराले पलाएको आशा उनका विफल प्रयाससंगै विस्तारै आश मर्दै गएको घटनास्थलमा उपस्थित रहेका स्थानिय पान बहादुर नेपालीले बताएका थिए । ‘तान्त्रिकले ४ घन्टा बाटो हेर्न भनेका थिए, उनले भने, तान्त्रिकले भने अनुसार चार घण्टा बाटो हेरियो, उनलाई अस्पतालले मृत घोषणा गरेको करिब ८ घन्टा भईसकेको थियो ।
शबलाई भोली बिहान दाहसंस्कार गर्ने स्थानीय युवा राजकुमार विकले बताउनु भएको छ। 
उता प्रहरीले परिचय नखुलेका तान्त्रिक बैद्यमाथि अनुसन्धान भईरहेको बताएको छ ।    

अन्य समाचारहरु