अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको थारपाइलाका सर्पले डसेर मरेका एक व्यक्तिको अस्पतालले मृत घोषणा गरिसकेको शवलाई तान्त्रिकले ब्युँझाईदिने भन्ने तान्त्रिक बाबा छुटेका छन् ।
सर्पले डसेर मरेका ३५ वर्षिय यम बहादुर बेल्बासेको अस्पतालले मृत घोषणा गरिसकेको शवलाई तान्त्रिकले ब्युँझाईदिने भन्ने कपिलवस्तुका ७० वर्षिय कर्ताराम चौधरीलाई इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख बाबुराम बस्नेत सहितको टोलीले हिजो आईतबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका बाबालाई अव उप्रान्त यस्तो भ्रम नफैलाउने कागज गरी उनका आफन्तहरुलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।
यस्तै मृतकको दाहसंस्कार पनि भएको छ ।
अस्पतालले समेत मृत घोषणा गरिसकेपछि परिवारले शव दाहसंस्कार गर्न स्थानिय चक्ला–जुकेना सडकखण्डको भावीनघाट लैजादै गर्दा एक जना मृतकका आफन्तले तान्त्रिकसंग सम्पर्क गरे । तान्त्रिकले मैले ब्युँझाउन सक्छु भने । अस्पतालले मृत घोषणा गरेको शवलाई चार घण्टामा ब्युँझाउने तान्त्रिकका कुराले परिवार झसंग भयो । आश मरिसकेको र दाहसंस्कारका लागी घाट लैजादै गर्दा त्यो कुराले उनीहरुमा आशाको किरण देखियो । यही विचमा हिजो आएर तान्त्रिकले केही विधी प्रयोग गरे । तर शव ब्युझाउन आएका भनिएका बाबाले ब्युझाउन सक्ने कुनै अवस्था नदेखेपछि आउनसक्ने सम्भावित खतराबाट बचाउन आफुहरुले बाबालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताए ।
जुकेनामा सर्पले डस्दा यम बहादुर बेल्बासेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईतवार दिउँसो मृत्यु भएको थियो । शनिवार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आईतवार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
शितगंगा–५ का वडाअध्यक्ष कमल पौडेलका अनुसार बिरामीको अवस्था गम्भिर भएपछी सर्पदंश उपचार केन्द्र गोरुसिंगेले लसम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । एक्लो बस्ती भएका कारण शनिवार कुनै चाँसो नलिएपछी बिस्तारै विषले असर देखाउन सुरु गरेको थियो । पहाडको सर्पले टोकेर खासै बिष नलाग्ने सोंचाई र लकडाउनका कारण सवारी साधनको सरल पहुँच नभएपछी सर्पले टोकेको झन्डै १६ घन्टापछी मात्र उनलाई गोरुसिङ्गे पु¥याईएको थियो ।
अस्पतालले समेत मृत घोषणा गरिसकेपछी परिवारले शव दाहसंस्कार गर्न स्थानिय चक्ला–जुकेना सडकखण्डको भाविनघाट लैजादै गर्दा एक जना तान्त्रिकको फोन आयो र मैले ब्युँझाउन सक्छु भने । अस्पतालले मृत घोषणा गरेको शवलाई चार घंटामा ब्युँझाउने तान्त्रिकका कुराले परिवार झसंग भयो । आश मरिसकेको र दाहसंस्कारका लागी घाट लैजादै गर्दा त्यो कुराले उनीहरुमा आशाको किरण देखियो ।
विज्ञानले मृत स्विकारेको कुरा तान्त्रिकले स्विकारेनन् । उनले दुई घंटादेखी प्रयास गरिरहेका थिए । झोलामा जरिबुटी ल्याएका उनले सर्पले डसेको ठाउँमा औषधोपचार गरिरहेका थिए । तर, शवले हलचल गरेको थिएन् । तान्त्रिकको कुराले पलाएको आशा उनका विफल प्रयाससंगै विस्तारै आश मर्दै गएको घटनास्थलमा उपस्थित रहेका स्थानिय पान बहादुर नेपालीले बताएका थिए । ‘तान्त्रिकले ४ घन्टा बाटो हेर्न भनेका थिए, उनले भने, तान्त्रिकले भने अनुसार चार घण्टा बाटो हेरियो, उनलाई अस्पतालले मृत घोषणा गरेको करिब ८ घन्टा भईसकेको थियो ।