अर्घाखाँचीमा निषेधाज्ञाको समय बुधबार मध्यरातबाट सकिँदै, अब के हुने भन्नेबारे भोलिसम्म निर्णय हुने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची   ।   अर्घाखाँचीमा कायम रहेको निषेधाज्ञाको समय बुधबार मध्यरातबाट सकिँदै छ। भदौ ३ गते सुरु भएको निषेधाज्ञा पहिलोपटक भदौ १० गतेसम्मका लागि भनिएकामा पुन सात दिन लम्ब्याइएको थियो।
जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले यसअघि भाद्र ३ गते बिहान ६ बजेदेखि भाद्र १० गते साँझ ६ बजेसम्म र भदौ ९ गते पुन: भदौ १७ गते सम्म अर्घाखाँची जिल्लामा बन्दाबन्दीको घोषणा गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे बुधबार जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर निर्णय गर्ने बताइएको छ। 
अर्घाखाँचीमा कोरोना संक्रमण फैलिरहे पनि निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने दबाब बढ्दो छ। उद्याेगी व्यवसायीहरुले त्यस्तो माग गरिरहेका छन्। 
अर्घाखाँचीमा सोमबार मात्र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै जिल्लामा संक्रमितको संख्या ३५४ जना पुगेको छ । 

अन्य समाचारहरु