अर्घाखाँचीमा प्रावधिक शिक्षा समस्याबारे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री ज्ञापनपत्र

अशोक खनाल / अर्घाखाँचीडट्कम संवाददाता 
 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा डिप्लोमा तह भन्दा मुनिका स्वास्थ शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना गर्न पाउँनुपर्ने माग राख्दै अर्घाखाँची टेक्निकल ट्रेनिङ स्कुलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन ।
बिहीबार बिहान अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल मार्फत स्कुलका प्रिन्सिपल द्रोण प्रसाद भुसालको नेतृत्वमा पुगेको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
आज देशैभरीका नीजि प्राविधिक शिक्षालयका प्रमुखहरुले राष्ट्रिय चिकित्सा आयोगको मिति २०७७/४/३० को बैठकको प्रस्ताव अनुसार डिप्लोमा तह भन्दा मुनिका स्वास्थ शिक्षा कार्यक्रमहरु यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने भन्ने निर्णयप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।
शैक्षिक सत्र ०७७/०७८ को नवीकरणका लागि सिटिभिटीलाई तिर्नु पर्ने आवश्यक दस्तुर समेत बुझाई सकिएको परिस्थितिमा यस्ता खाले निर्णयबाट नीजि शिक्षालयहरु माथि अन्याय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

अन्य समाचारहरु