धुर्वराज आचार्य
डिही, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहीमा तरकारी खेतीको बैज्ञानिक ढंगले प्रशिक्षण दिनुका साथै बिउबिजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
खाँचीकोटको डिहीमा शिलशिला बहुउद्देशीय सहकारी संस्थाले स्थानीय कृषकहरुलाई सामाजिक दुरी कायम गर्दै तरकारी खेतीको बैज्ञानिक ढंगले प्रशिक्षण दिनुका साथै बिउबिजन वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा हिउँदे तरकारीबालीको ब्याड राख्ने बैज्ञानिक प्रबिधिको समेत प्रशिक्षण दिइएको थियो ।
बिदेशबाट फर्केका युबाहरुलाई कृषि तर्फ आकर्षण गर्नु यस संस्थाको उद्देश्य रहेको संस्थाका कर्मचारीको भनाई रहेको छ ।