बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितकोे मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज(शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए ।
ज्वरो र स्वासप्रश्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।
हिजो चार महिला र १० पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या २७३ पुगेको छ ।
यस्तै, विराटनगर– ११ की ४३ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको छ ।
उनी श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना भएकी थिइन् ।
उनमा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
हिजो चार महिला र १० पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या २७४ पुगेको छ । इमेजच्यानलमा समाचार छ ।