सन्धिखर्कमा आज ११ जना कोरोना संक्रमित थपिए, अर्घाखाँचीमा संक्रमितको संख्या ३६७ जना पुग्यो (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा ११ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । जसमा ४ जना समुदायका ७ जना क्वारेन्टिनका महिला ४ पुरुष ७ रहेका छन् । योसँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३६७  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६८,  जना, शितगंगा नगरपालिकामा ७०,   भूमिकास्थान नगरपालिकामा ११७,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३६७ जना संक्रमित रहेका छन् ।  
पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाको जनज्योति माविको क्वारेन्टाइनमा बसेका ४जना पुरुष ३ जना महिला  हुन ।भने ३ जना पुरुष १ जना महिला केहि दिन अघि सन्धिखर्क नगरपालिका वडा नं. ६ का कोरोना पुष्टि भएका समुदाय स्तरका तरकारी व्यवसायीको सम्पर्कमा आएका वडा नं. ६ का २ जना पुरुष १ जना महिला रहेको बताइएको छ । यस्तै वडा नं. ७ का १ जना पुरुष  पनि रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा आईताबार ५ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै अर्घाखाँचीका विभिन्न आईसोलेशनबाट आईतबारसम्म ३३२ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३३२ जना पुगेको छ । भने ३२  जना उपचाररत छन् ।  
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा ११३,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।   
  जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा आईताबारसम्म  ८८   जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८८ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ३ जना डिस्चार्ज भएका छन् ।    
साथै आईताबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा १२ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईताबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३२ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु