अब पाणिनीको मैदानमा दशै, तिहारको बेला आउने सबैलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने

प्रदीप सुर्यबंशी
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) भदौ २१ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानको भर्तापुरमा कोभिड १९ को बिषयमा दोश्रो पटक बैठक सम्पन्न भएको छ। 
उक्त बैठकमा छिमेकी देश भारत, लगायत वैदेशिक रोजगारमा रहेका नेपाली दशै, तिहार चाड पर्व आउन लागेको कारण धमाधम घर फर्किने क्रम तिब्र गतिमा रहेको कारण  दोस्रो पटक  बैठक गरिएको हो। 
यसरी आउने ब्यक्तिले आफू घर  आउदै गरेको जानकारी गराउन अनुरोध पनि  वडासदस्य धन बहादुर सिँजालीले बताए।  छिमेकी देश भारत तथा वैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा रहेका नेपाली घर आएपछि होम क्वारेन्टिनमा करिब  १४ दिन बस्नुपर्ने पनि सबैलाई आग्रह गरेका छन् । 
साथै आसपासका जिल्ला रुपन्देही, कपिलवस्तुमा लगायत कोभिड १९ प्रभावित जिल्लाबाट आउने आफन्त पनि अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने पनि आग्रह गरिएको छ।  
होम क्वारेन्टाइनमा बस्दा होम क्वारेन्टिनको पुर्णतया नियम पालना नगरे कानुन बमोजिम कारबाही व्यहोरा, साधै चाडपर्व रमाइलो भिडभाड नगर्ने निर्णय समेत गरिएको छ। उक्त नियम उल्लंघन गरेको खण्डमा कानुन बमोजिम कारबाही भागिदार हुने समेत निर्णय गरिएको छ।

अन्य समाचारहरु