अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा सोमबारसम्म १०० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १०० जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ११ जना डिस्चार्ज भएका छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा सोमबार १२ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै अर्घाखाँचीका विभिन्न आईसोलेशनबाट सोमबारसम्म ३४४ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३४४ जना पुगेको छ । भने २० जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ५६ जना, शितगंगा नगरपालिकामा ६६, भूमिकास्थान नगरपालिकामा ११३, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३६७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६८, जना, शितगंगा नगरपालिकामा ७०, भूमिकास्थान नगरपालिकामा ११७, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३६७ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ ।
साथै सोमबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा २३ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।