कोरोनाका कारण अर्घाखाँचीका एक पुरुषको मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  कोरोनाका कारण अर्घाखाँची जिल्लाका  थप एक जनाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर – १२ का ४२ बर्षिय पुरुष रहेका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कारण निमोनिया भएको बताइएको छ । 
सवारी दुर्घटनामा घाइते भएका उनलाई कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न ल्याइएको थियो । मृतक टिप्पर चालक हुन् ।
युनिभर्सल मेडिकल कलेज भैरहवामा भदौ ४ गते भर्ना हुनु भएका ४२ वर्षीय पुरुषको भोलिपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । थप उपचारका लागि ११ गते मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, सिभियर निमोनिया रहेका ४२ वर्षीयको आज बिहान ९ः२० बजे मृत्यु भएको छ ।
 योसँगै अर्घाखाँचीमा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा सोमबार १२ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै अर्घाखाँचीका विभिन्न आईसोलेशनबाट सोमबारसम्म ३४४ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३४४ जना पुगेको छ । भने २०  जना उपचाररत छन् ।  
जसमा सन्धिखर्क नगरपालिकामा ५६ जना, शितगंगा नगरपालिकामा ६६,   भूमिकास्थान नगरपालिकामा ११३,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।   
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३६७  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६८,  जना, शितगंगा नगरपालिकामा ७०,   भूमिकास्थान नगरपालिकामा ११७,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३६७ जना संक्रमित रहेका छन् ।  
  
यस्तै अर्घाखाँचीमा सोमबारसम्म  १००    जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १०० जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ११ जना डिस्चार्ज भएका छन् ।    
साथै सोमबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा २३ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु