पाणिनी गाउँपालिका भित्र अब सेवाग्राहीलाई ५ मिनेट भित्र मुस्कान सहितको सेवा

सुर्य भुसाल 
पाणिनी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृस्न पौडेयालले सेवाग्राहीलाई ५ मिनेट भित्र मुस्कान सहितको सेवा दिन गाउँपालिका भित्रका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । 
पौडेयालले कुनै पनि गाउँपालिकाबासीले काम नभए अर्थात दुख पाएको गुनासो नगरोस तपाईंहरुले पाउने कर्मचारी सुबिधामा कमि हुदैन तर राज्यको तलब खाएपछि सेवाग्राही प्रति उत्तरदायी बन्नु पर्छ भन्दै पौडेयालले कर्मचारीहरुलाई मुस्कान सहितको सेवा दिन आग्रह गर्नु भएको हो । 
बिशिस्ट सन्चारक्रमीसँग कुराकानि गर्दै प्रशासकिय अधिकृत पौडेयालले पाणिनी गाउँपालिका भित्र आफु आएदेखि दैनिक प्रशासनिक कार्यलाई तुरुस्त दुरुस्त पारेको सेवा प्रभाहालाई छिटोछरितो बनाएको ई हाजिरिको ब्यबस्थापन गरेको सिसिटिभि जडान गरि कर्मचारीले गर्ने सेवा प्रभाहको निगरानी गरेको पार्दर्सिता सुशासन कायम गराउदै गाउँपालिका शून्य बेरुजुमा लैजान पहल गरेको जस्ता महत्त्वपूर्ण योजनाहरुलाई अगाडि बढाएको उहाले बताउनु भयो । 
पाणिनी गाउँपालिका भित्र हुने बिकास निर्माणका कामहरुमा अनियमितता नहोस गुणस्तरीय काम होस भन्नका लागि पौडेयाल प्राबिधिकहरुसँग अनुगमन जाने गरेका छन् ।  पाणिनी गाउँपालिका बिकासका लागि अर्घाखाँचीको अब्बल गाउँपालिका हो जहाँ जनप्रतिनिधिहरु र 
गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशाकिय अधिकृतदेखि धेरै कर्मचारीहरु जन्ताको सेवामा रातदिन खटेर काम गर्ने गर्छन जुन गाउपालिकामा हालसम्म ठुला बिबाद आउने गरेका छैनन् । 
प्रचारप्रसारमा कम आउन खोज्ने तर काम धेरै गर्ने स्वभावका कार्यालय प्रमुख पौडेलले आफ्नो कार्यकालमा प्रसासनिक सेवा भष्टचारको अन्तय शून्य बेरुजु सुसासनको पालिकाबासीलाई प्रत्याभूति हुने गरि काम गरेर छ‍ोड्ने बताउनु भयो । 
विभिन्न गाउँपालिकामा स्थानिय सरकार सन्चालनको अनुभव प्राप्त गरेका अधिकृत पौडेयाल निकै सालिन भद्र सेवा ग्राही प्रति उत्तरदायि कार्यालय प्रमुख हुन् । कुनै पनि बिकास निर्माण योजनाको गुणस्तरीयतामा कमि छ या छैन भनेर भुक्तानी दिनु पुर्व प्राबिधिक बोकेर फिल्डमा पुगेर मात्रै पौडेयालले भुक्तानी दिने गरेका छन् । गाउँपालिका भित्र आएका सेवाग्राही ले छिटोछरितो सेवा पाउन थालेपछि त्यहाँका स्थानियले कार्यालय प्रमुख लगायतका कर्मचारीको प्रसम्सा गर्ने गरेका छन् ।

अन्य समाचारहरु