अर्घाखाँचीमा बिहीवारसम्म कोरोना जित्नेको संख्या ३४० जना, आईसोलेशनमा २५ जना मात्र, ४ जनाको निधन (सम्पूर्ण विवरण सहित)

प्रकासित मिती: २०७७, भाद्र २५ गते बिहीवार 
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बिहीवारसम्म  ३४० जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३४४ जना पुगेको छ । भने २५  जना उपचाररत छन् ।  
जसमा सन्धिखर्क नगरपालिकामा ५६ जना, शितगंगा नगरपालिकामा ६६,   भूमिकास्थान नगरपालिकामा ११३,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।  
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ३ र ४ निवासी २१ र ५९ वर्षिय दुईजना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । दुवैजना नै समुदाय स्तरका हुन् । योसँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३६९  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६८,  जना, शितगंगा नगरपालिकामा ७२,   भूमिकास्थान नगरपालिकामा ११७,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३६९ जना संक्रमित रहेका छन् ।    
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा बिहीवारसम्म  ११० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १०० जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ० जना डिस्चार्ज भएका छन् ।    
साथै बिहीवार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा १० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २५  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु