गङ्गा खड्का ( गुल्मी )
गुल्मीको छिमेकी जिल्ला अर्घाखाँचीमा “पत्रकार” को निकै चर्चाले केही लेख्न बाध्य भएकी छु । बिहानै उठ्यो हातमा नोटिस र कलम अनि क्यामेरा बोक्यो गन्तव्य बिनाको पाइला अघि बढायो घर बाट । लगभग यस्तै हुन्छ मोफसलमा काम गर्ने अधिकाँश पत्रकार को दैनिकी । जिल्लामा हुने हरेक कार्यक्रममा पत्रकारहरुको उपस्थिति भएकै हुन्छ । समाचारको खोजी प्रत्येक कार्यालयहरु र आयोजकले गरिनै रहेका हुन्छन् । पत्रकार बिना त कुनै कार्यक्रमको सञ्चालननै नहुने मानसिकता बढिरहेको छ ।
पत्रकारले दिएको सहि सुचना मार्फत जनताहरुले बिभिन्न खबरहरु थाहा पाइरहेका हुन्छन् ।कुनै एउटा सञ्चार माध्यम १ मिनेट बन्द हुदा कति नागरिक सुचना बाट बञ्चित हुन्छन् भन्ने कुराको त्यति महत्व राख्दैन कुनै पक्षले ।लैँगिक बिभेद नभएको शब्द “पत्रकार” अनि “पत्रकारीता”यो आफैमा महत्वपुर्ण र सत्य तथ्यपरक हुन्छ ।तर त्यही पेशा र शब्दले चिरपरिचित ब्यक्तिलाइ हेर्ने दृष्टिकोणमा किन अधिक भिन्नता हुन्छ ।जुनसुकै सकारात्मक वा समाजमा भएका बिकृति र बिसँगतिको आवाज बोल्छ अनि लेख्छ पत्रकार । त्यही आवजले सुसुचित बनाउछ समाज ।सिँगो समाजको प्रतिनिधित्व गर्ने पत्रकार र पत्रकारीता । यस्तै पाटोलाइ समेट्दा एकदिन सरकारी कार्यलयमा पुगेकी थिए म ।कार्यकक्षमा बस्न जाडो मान्ने कार्यालय प्रमुख घाममा मज्जाले सेवाग्राहीको काममा ब्यस्त थिए ।म पनि आफ्नो परिचय खुलाउन चाहेकी थिएन ।मलाइ चिन्ने अरु कर्मचारी पत्रकार हो भन्दै खासखुस गरिरहेका थिए ।कार्यलय प्रमुखले सोधे तपाइको मिडिया कुन हो ? जवाफ मा काठमाँडौ र बुटवलको कुनै एउटा म्यागजिनमा काम गर्छु ।उन्ले भने यहाँका पत्रकार पनि के पत्रकार? मलाइ नसोधी मेरै कार्यालयको समाचार लेख्ने ?प्रतिउत्तरमा जवाफ दिए खै कसले हो मलाइ यो बारेमा थाहा छैन कुनै एउटा पत्रकारले समाचार पुष्टि गरेर लेख्छ भने स्वयम त्यही पत्रकार जिम्मेवार हुन्छ सर । मलाइ लाग्यो के कसैको ब्यक्तिगत प्रचार र प्रसारको लागी मात्रै समाचार लेख्ने पत्रकारीता हो वा पत्रकार हो ?समाजका अनियमितता लाइ बाहिर ल्याउने पत्रकार के त्यस्ता सक्षम नागरिकका लागी ठिक मानिदैनन?हुनत हाम्रो समाजमा पत्रकारको पहिचान नगरी कार्यक्रम प्रस्तोता वा समाचार बाचक सबैलाइ पत्रकारकै नाम बाट चिनिन्छ ।
पत्रकार राज्यको चौथो अँगको रुपमा रहदा पनि किन राज्यकै बुझ्ने ब्यक्तित्वबाट पत्रकार भन्ने शब्दलाइ घृणा गरिरहेका हुन्छन् । जब कुनै सकारात्मक समाचार देशका बिभिन्न अनलाइन र सञ्चार गृहमा चर्चा पाइरहन्छ अनि जवाफमा उनिहरुले धन्यवाद सम्म भन्न भ्याएका हुन्छन् ।त्यस्तै खालका ब्यक्तिका कुनै समय जब कमजोरीहरु को समाचार लेख्छ पत्रकार अनि किन उ सँग यति धेरै आक्रोश पोखिन्छ । पत्रकारीताको धर्म यहि हो सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषण गरी जनतालाइ सुसुचित बनाएको हुन्छ ।आवज बिहिनहरुको आवज बोल्छ पत्रकार आफ्नो पेशालाइ धर्मका रुपमा निर्वाह गर्दे कठिनाइ सँग ग्रामिणबस्तीहरुको कन्दरामा पुगेको हुन्छ पत्रकार ।उ सँग सायद कुनै स्वार्थ हुदैन यदि स्वार्थ हुदो हो त श्रम गरेर पनि ज्यालाको निश्चित नभएको पेशा अँगाल्न किन तयार हुन्थ्यो होला र ?सँसारमा जुनसुकै मान्छेपनि श्रमको मुल्य मागिरहेकै हुन्छन् । पत्रकार दिनभर मेहनत गर्छ अनि समाचार सञ्चार गृहमा सम्प्रेषण गर्न भ्याइ नभ्याइ हतार भएको हुन्छ उसलाइ । तरपनि ज्यालाको आश राख्दैन उ ।एउटा पत्रकार समाजका सबै बिषयलाइ समेटेर आवज बोलिरहेको हुन्छ ।त्यसले पारेको सकारात्मक प्रभावलाइ उसले सबैभन्दा महत्वपुर्ण उपलब्धिको रुपमा महसुस गरेको हुन्छ । तर समाजले बुझेको पत्रकारीता अलि बेग्लै जस्तो लाग्यो ।
अर्को तिर पाटी निकट नहुदा पत्रकार लाई हेपे जस्तो लाग्ने नागरिक ले सिदै तपाई कुन पाटी निकट पत्रकार हुनुन्छ ? यो प्रश्न ले मन पोलेर आउँछ । यहि समाजमा पत्रकारको नाममा करौडौ ठगी गर्ने पनि छैनन् भन्न सकिदैन ।पेशाको दुरुपयोग गर्नेलाइ पहिचान गरी समाजका सक्षम नागरिकले खबरदारी गर्नुसक्नुपर्छ । तर सिँगो पत्रकारीता जगतलाइ आरोप लगाउन पाइदैन । जस्तोसुकै जोखिम मोलेरपनि सम्बन्धित ठाउँको सुचनाको लागी पत्रकार त्यहाँ पुगेकै हुन्छ तर पत्रकारलाइ गरिने ब्यवहार आकाश र धर्तिबिचको फरक किन भैरहेको हुन्छ ? आत्मसम्मान जो सुकैलेपनि बाच्ने आधारको रुपमा रहेको हुन्छ । पत्रकार भन्ने बित्तिकै सबै भन्दा कमजोर हो भन्ने बुझाइ गलत छ ।एउटा पत्रकार कुनै कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन्छ दिनभरी कार्यक्रमको रिपोर्टिगमा ब्यस्त भएकै हुन्छ भोलीका दिनमा खाजा खर्चमा भनेर लाखौ रकमका बिल सार्वजनिक गर्छ कार्यालय तर पत्रकार खाजा सम्म खाना पाएको हुदैन मोफसलमा काम गर्ने अधिकाँश पत्रकारको पिडा हो सायद । समाचारको महत्व बुझ्ने ति निकायले पत्रकारको महत्व किन बुझिरहेका हुदैनन् ?जसले समाजको उत्तरदायित्व बहन गरेको छ ।जसले निस्वार्थ २४ घण्टा पेशा अँगालेको छ ।जसले दिनभर श्रम गर्छ तर मुल्य माग्दैन ।ति पेशालाइ जिवन्त बनाउने सँग किन मान्छेको मन अलग्एिको छ ?के पत्रकार ब्यक्तिगत रुपमा चर्चा र परिचर्चाको बिज्ञापनदाता हो ?हुनत कुनैपनि सञ्चार गृहले पत्रकार र पत्रकारीता के हो भन्ने बिषयमा कार्यक्रम सञ्चालन गर्न नसक्नुले पनि यस्ता समस्या देखिएका होलान् ।जहिले अन्य क्षेत्रको बारेमा मात्रै आवज बोल्ने पत्रकारहरु आफ्नो आवज बोल्न बिर्सिनुले समाजले हेर्ने दृष्किोणमा फरक देखिएको छ । पछिल्लो समयमा पत्रकारीतामा भित्रिएको राजनितिले पनि स्वतन्त्रतालाइ असर पुर्याएको छ ।पत्रकारको क्रियाशिलता भन्दा पनि सँगठन बलियो भएर उभिनुले पनि समाजमा पत्रकार नभएर कार्यकर्ताको रुपमा चिन्ने मान्छेहरुको सँख्या बाक्लिदै छ ।
यदि यस्तै प्रवृति बढ्दै गयो भने एकदिन पत्रकार र पत्रकारीताको अँश मेटिएर जानेछ ।पत्रकारीता पुरस्कार स्थापना गर्देमा त्यसकार्यालयले गरेका कामको समाचार छाप्नुमात्रै उसको धर्म नहोला ।त्यसभित्रका अनेक कामको चिरफार गर्न सक्नु एक सच्चा पत्रकारको धर्म हो ।
लेखक क्रियाशिल महिला पत्रकार हुन ।