नरपानीमा कांग्रेसबाट २५ जना कार्यकर्ताहरु नेकपामा प्रवेश (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नम्बर ६ नरपानीको कालापात्लामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी प्रवेश तथा जनभेट्घाट कार्यक्रम सम्पन्न भएको छ। 
कार्यक्रममा नेपाली कांग्रेसबाट २५ जना कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा नेकपाका ५ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले नवप्रवेशिहरुलाई पार्टीमा स्वागत गर्दै समग्र नरपानी क्षेत्रको बिकास र खासगरी सन्धिखर्काको कर्णालीको रुपमा परिचित टाकुरा, कालापत्ला, नयाँथरि र भैसेमेला क्षेत्रको समग्र बिकाशको बारेमा जनताको सुझाव संकलन गर्दै समग्र समस्याहरु क्रमशः समाधान गर्दै जाने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।
उपस्थित जनसमूदायले समग्र नरपानी क्षेत्रलाई हिल स्टेशनको रुपमा बिकाश गर्ने योजनाले यस क्षेत्रको समेत कायापलट हुने विस्वास ब्यक्त गरेका छन।
कार्यक्रम नेकपा वार्ड नम्बर ६ को आयोजनामा सम्पन्न गरिएको थियो भने पार्टी जिल्ला कार्यालय सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसाल, जिल्ला कमिटी सदस्य तथा नगर अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटी सदस्य तथा नगर सचिव शिव अधिकारी, जिल्ला सल्लाहकार रिता खाड्का, नगर कमिटी सदस्य तथा वडा कमिटी अध्यक्ष श्रीधर महत्रा, युवा नेता बिष्णु पाण्डे, भेष बहादुर जिसि, सुवास पाण्डे, सन्दिप अधिकारी, गोम बहादुर अधिकारी, गुन्ज नहादुर खत्री , टुक बहादुर थापा, नन्दलाल विश्वकर्मा, नन्द बहादुर विश्वकर्मा लगायतको उपस्थिती थियो । 
कार्यक्रम वडा कमिटी अध्यक्ष श्रीधर महत्राले संचालन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा नव प्रवेशिहरुको तर्फबाट समाजसेवी ब्यक्तित्व लाल बहादुर पचभभैयाले समस्त नव प्रवेशेशिहरुको तर्फबाट यश क्षेत्रको समग्र विकासमा सुझाव प्रस्तुत गर्दै नेकपाले मात्र सबै क्षेरको समन बिकाशको नितृत्व गर्न सक्ने विश्वास ब्यक्त गर्नु भयो ।

अन्य समाचारहरु