सन्धिखर्कका युवा ब्यवसायी भुसालले आफ्नो जन्मदिन मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेर मनाए

युवा ब्यवसायी तथा सामाजिक अभियान्ता कृष्ण प्रसाद भुसाल
गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची भदौ–२८।  पछिल्लो समय नेपाली समाजमा मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, अनावश्यक फजुल खर्च गरेर खानपिन गरी जन्मदिन मनाउने गर्छन् । तर जिल्लाका एक व्यक्तिले भने आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडितलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गर्नुभएको छ । 
सन्धिखर्क–१ निवासी युवा ब्यवसायी तथा सामाजिक अभियान्ता कृष्ण प्रसाद भुसालले आफ्नो जन्मदिनमा गर्ने फजुल खर्च कटौति गरि भुमिकास्थान–१०,धनचौरका दुवै मृगौला फेल भइ उपचार गराइरहनुभएका सन्तोष गैरेलाई ५ हजार रुपैंया सहयोग गर्नुभएको हो । जन्म दिनमा फजुल खर्च गर्नु भन्दा अभाव र समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु राम्रो ठानेर २४ बर्षिय युवा सन्तोषको उपचारको निम्ती आर्थिक सहयोग गरेको भुसालको भनाई छ । 
लाखौं युवाहरु रोजगारिको शिलशिलामा विदेशमा जान बाध्य भएको बेला स्वदेशमै सफल उद्यम गर्ने कष्ण प्रसाद भुसालले बिगत लामो समयदेखि समाजमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने र बिभिन्न सामाजिक काममा अग्रसर हुने गर्दै आउनुभएको छ । 
सामाजिक अभियान्ता कष्ण प्रसाद भुसाल सहयोगी भावना र सामाजिक काममा अग्रसर भनेर जिल्लामै चर्चामा आउने ब्यक्ति मध्येका एक मानिनुहुन्छ । २४ बर्षकै कलिलो उमेरमा दुवै मृगौला फेल भएपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डाइलोसिस गराउँदै आउनुभएका सन्तोषले उपचारमा सहयोग गरि ज्यान बचाइदिन गरेको पुकारको सुनुवाई गर्दै भुसालले सन्तोष बचाऔं अभियानका प्रतिनिधि गोपाल प्रसाद भट्टराई मार्फत ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो । 
हिजै भिरबाट लडेर गम्भिर घाइते हुनुभएका प्युठानको साझबोट निवासी अन्दाजी बर्ष ५० का मित्र बहादुर मुखियालाई थप उपचारको निम्ती सन्धिखर्कबाट मिसन अस्पताल पाल्पा रिफर गरिएकोमा सामाजिक अभियान्ता कृष्ण प्रसाद भुसालले एम्बुलेन्स भाडा दिएर सहयोग गर्नुभएको छ । यसैविच सामाजिक अभियान्ता कृष्ण प्रसाद भुसाल र युवराज थापाले यस अघि दुवै मृगौला फेल भइ अस्पतालको बेडबाट सहयोगको याचना गर्नुभएका सन्धिखर्क–८ निवासी विकास शाहीको मृगौला प्रत्यारोपणको निम्ती आर्थिक सहयोग संकलन अभियान चलाएर उहाँको ज्यान बचाउन अमुल्य सहयोग गर्नुभएको छ । 
यस्तै जिल्लाकै चर्चित क्लब अर्घाखाँची युवा परिषद,साथि सहकारी जस्ता बिभिन्न संघ–संस्थामा आवद्ध हुनुभएका भुसालले सानै उमेरमा बुवाको निधन भइ अप्ठ्यारोमा पर्नुभएका सन्धिखर्क–८ का प्रविण र प्रभात पाण्डेलाई बिगत ७ बर्ष देखि प्रत्येक बर्ष ५ हजार र शैक्षिक सामाग्री सहयोग गर्दै आउनुभएको छ । 
दुवै मृगौला फेल भइ ज्यान बचाइदिन सहयोगको याचना गरिरहनुभएका २४ बर्षिय युवक सन्तोष गैरेको स्वास्थ्य बचाउन सहयोग गर्न चाहनुहुने आम महानुभावले ग्लोबल आइएमइ बैंक सन्धिखर्क,अर्घाखाँचीमा रहेको सन्तोष गैरे बचाउ अभियान नामको खाता नम्बर ४९० ७० १०० १३८ २५ मा जम्मा गर्न सक्नुहुनेछ ।

अन्य समाचारहरु