अर्घाखाँचीडट्कम संवाददाता
बलेवाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाको बलेवाङ्गकी वर्ष २५ की सरिता मुखिया बेहोस छन् । छिट्टै आउनुस भन्दा उनका दाई टोमबहादुर मुखिया झसङ्ग भए । बिहान करिव ६ बजेको समयमा बहिनीका घरबाट परिवारले फोन गरी बहिनी अचेत अवस्थामा रहेको र आत्महत्या गरेको खबर सुनाएपछि दाजु टोमबहादुर बोल्न सकेनन् ।
तीजमा माईतमा आएको बहिनी केही दिनभित्रै आत्महत्या गरेको भन्ने सुनेपछि माईतीमा रुवाबासी त छाउनेनै भयो । घट्नास्थलबाट माइती पक्षलाई फोन गरेपछि घट्नास्थल पुग्दा आत्माहत्या गरिन् भन्ने बहिनीको लास भने बिस्तारामा पल्टिरहेको थियो । आत्महत्याको कुनै छाटनै देखिएको थिएन् । मृतक सरिता मुखियाका दाई टोमबहादुर कुमालले भने । घट्नाको प्रमाणलाई नष्ट गर्न ज्वाईले बहिनीको पासो काटेको भनी अफवा फिजाउन खोजेको उनको आरोप छ ।
बिहान करिव ७ बजेको समयमा मृतक सरिताका श्रीमान दुर्गाबहादुर मुखियाले श्रीमतिले भाद्र १२ गते बिहान आफ्नै घरको कोठामा चुन्नीको पासो लगाई आत्महत्या गरेको अवस्थामा देखेपछि हतार हतारमा पासो फुकाएको बताउछन् । तर उक्त घट्नाको प्रकृति हेर्दा डोरी लगायतका झुण्डिन मिल्ने खालको घरको वनावट नभएको र उचाइ नमिल्ने माइती पक्षको आरोप छ ।
घरको कोठाबाट दलिन होचो भएका कारण आत्महत्या गरेको भनेपनि उक्त कर्तब्य आफ्नै ज्वाइलेनै गराएको हुनसक्ने माइतीपक्षको आरोप छ । बिगतमा पनि श्रीमान दुर्गाबहादुरले परस्त्रीसँग नजिकीएर घरमा श्रीमतिसँग बारम्बार झगडा गर्ने गरेको सरिताका बुबा नरबहादुर मुखियाको भनाई छ । बहिनी तिज मनाएर माइतबाट घर फर्कन आनाकानी गरेको दाजु टोमबहादुर मुखियाको भनाई छ । सन्धिखर्क नगरपालिका ५ बलेवाङ्ग बिवाह गरेकी सरिता सन्धिखर्क नगरपालिका १२ टाकुराकी थिइन् ।
उक्त घट्नाको छानबिन गर्न माग गर्दै माइतीपक्षले अहिले आत्महत्या दुरुत्साहनमा मुद्धा दायर गरेका छन् । घट्नामा प्रहरीले आत्महत्या दुरुत्साहनमा माइतीपक्षको मुद्धा दर्ता गरेको भएपनि मेडीकल रिपोर्टमा आत्महत्या हो वा अन्य कारण उक्त घट्ना के हो भन्ने नखुलेको कारण थप अनुसन्धानका लागि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत तथा सूचना अधिकारी प्रकाश खत्रीको भनाई छ । उहाँले घटनाको छानबिन भैरहेको जानकारी दिनुभयो ।
घाटीमा सामान्य घेरा मात्रै देखिएको थियो । यस घटनामा दुईवटा मात्रै कारण छन् एक ज्वाइलेनै मारेर आत्महत्या गरेको देखाउन खोजे, अर्को कुरा ज्वाइको दवाफका कारण बहिनीले आत्महत्या गर्नु प¥यो, सरिताकी दिदी बिष्णु मुखियाको आरोप छ ।
यसरी घट्नालाई स्थानीयले पनि हत्यानै भएको हुनसक्ने बताउछन् । बिगतमा ज्वाइले गर्ने गल्तीका कारण यस्तो घट्ना घटेको उनीहरुको तर्क रहदै आएको छ । घट्नामा ज्वाइले बिभिन्न प्रपञ्च रचेको उनीहरुको आरोप छ । घट्ना भने झनै संकास्पद बन्दै गएको छ । आत्महत्या गरिएको भनिएको कोठा पनि साघुरो र होचो छ । मृतकका श्रीमान दुर्गाबहादुर मुखिया केही समय अघि मात्रै बैदेशिक रोजगारीबाट कोरोना महामारीका कारण स्वदेश फर्किएका थिए । हाल उनी प्रहरी हिराशतमा छन् ।