अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुमिकास्थान नगरपालिकाका नगर ईन्चार्ज बारुदले भूमिकास्थान नगरपालिका वार्ड नं ४ का वडाअध्यक्ष वावुराम पन्थीलाई ३ लाख ८२ हजार फर्जिविल बनाई निकाशा गरेको भनी विज्ञप्ति झुट, असत्य भएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताएको छ ।
बारुदले भाद्र २५ गते बिहीवार भूमिकास्थान नगरपालिका वार्ड नं ४ का वडाअध्यक्ष वावुराम पन्थीलाई ३ लाख ८२ हजार फर्जिविल बनाई निकाशा गरेको भनी जारी गरेको विज्ञप्तिमा कुनै सत्यता नरहेको, झुट भएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन् के.सी आईतबार जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टि भूमिकास्थान नगर समितिका ईन्चार्ज बारुदको मिति २०७७ भाद्र २५ गतेको जारी प्रेस विज्ञप्ति प्रति हाम्रो पार्टीको गम्भिर ध्यान आकर्षण बताइएको छ । विज्ञप्तीमा भनिएको छ; जिम्मेवार राजनैतिक दलले हाम्रा पार्टिका जिम्मेवार नेतालाई भ्रामक प्रेस विज्ञप्ति जारी गरेर जनतालाई भ्रम श्रृजना गर्ने कार्य गर्नु निन्दनिय भएको हाम्रो पार्टीको ठहर छ, त्यस्ता भ्रामक टिप्पणीको कडा शब्दमा भ्रत्सना गर्दै खेद प्रकट गदर्छौँ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी भूमिकास्थानका ईन्चार्ज द्धारा जारी विज्ञप्तिमा ३,८२,०००) अक्षरुपि तिन लाख बयासि हजारहजारको फर्जिविल भु.न.पा.का मेयरले रोकेपछि भन्ने शब्दावलि ले नै पुष्टी गर्छ की क्रान्तिकारी पार्टिका क्रान्तिकारी भनिएका क. बारुद कस्को निर्देशनमा बिज्ञप्ति निकालेर भ्रम दिन उद्धत छन्, भनेर प्रष्ट भएको छ, उक्त जारी विज्ञप्तिमा उल्लेख छ ।
बारुद समुहलाईलाई नै कारबाही गर्ने चेतावनी
साथै राष्ट्रिय जनमोर्चाले विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अनियमियता गरेको प्रमाणित गर्न चुनौती दिदै बारुद समुहलाई शसक्त कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्रिय जनमोर्चाले भनेको छ; अरु नेकपा, कांग्रेस पार्टी जस्तो सम्झेर जनमोर्चाका जनप्रतिनिधिलाई पुष्टी गर्न नसक्ने निराधार आरोप नलगाउन अनुरोध गरेको छ । साथै यसको ठुलो क्षति बारुद समुह नेपाल कम्युनिस्ट पार्टीले भोग्नुपर्ने कडा चेतावनी दिएको छ ।
उता अर्घाखाँचीमा भुमिगत सानो समुहमा रहेको विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक मसाल निकट राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिलाई पुष्टी नगरि ३ लाख ८२ हजार फर्जिविल बनाई निकाशा गरेको भनेर आरोप लगाएको छ ।
विषय:- प्रेस विज्ञप्ती वारे
नेपाल कम्युनिष्ट पार्टि भूमिकास्थान नगर समितिका ईन्चार्ज बारुदको मिति २०७७ भाद्र २५ गतेको जारी प्रेस विज्ञप्ति प्रति हाम्रो पार्टीको गम्भिर ध्यान आकर्षण भएको छ । जिम्मेवार राजनैतिक दलले हाम्रा पार्टिका जिम्मेवार नेतालाई भ्रामक प्रेस विज्ञप्ति जारी गरेर जनतालाई भ्रम श्रृजना गर्ने कार्य गर्नु निन्दनिय भएको हाम्रो पार्टिको ठहर छ, त्यस्ता भ्रामक टिप्पणीको कडा शब्दमा भ्रत्सना गर्दै खेद प्रकट गदर्छौँ ।
राष्ट्रिय जनमोर्चाका ५ नं प्रदेश सदस्य, जिल्ला सचिव र भूमिकास्थान न.पा. वडा नं ४ का वडा अध्यक्ष क.वावुराम पन्थिलाई (३,८२,०००) अक्षरुपि तिन लाख बयासि हजारको फर्जिविल बनाई योजनामा अनियमितता भएको भनि जोडेको अमुर्त संदेश दिएर के उपलब्धी हासिल गर्न खोजेको हो ? हामि आश्चर्य चकित भएका छौं । आफुलाई क्रान्तिकारी भनेर जनताका लागी लागेको भनिएको पार्टि जसलाई हामी मित्र शक्ति भन्दछौँ ले यस्ता अनगर्ल प्रचार वाजिले उक्त पार्टीले कस्को पृष्ट पोषक गरेको हो भन्ने विषयमा हामी नतमनस्क भएका छौँ ।
नेपाल कम्युनिष्ट पार्टि भूमिकास्थानका ईन्चार्ज द्धारा जारी विज्ञप्तिमा भनिएको छ । ३,८२,०००) अक्षरुपि तिन लाख बयासि हजारहजारको फर्जिविल भु.न.पा.का मेयरले रोकेपछि भन्ने शब्दावलि ले नै पुष्टी गर्छ की क्रान्तिकारी पार्टिका क्रान्तिकारी भनिएका क. बारुद कस्को निर्देशनमा बिज्ञप्ति निकालेर भ्रम दिन उद्धत छन्, भनेर प्रष्ट भएको छ । हामी हाम्रा जिम्मेवार कमरेड माथी लगाईएको आरोप निराधार हो भनेर जोड दिदै यदी साँच्चिकै प्रमाणित रुपमा अनियमितो गरेको भए प्रमाणित गर्न उक्त पार्टिलाई चुनौंति पनि दिन चाहन्छौं । भूमिकास्थान लगायत जिल्लाका सबै पालिकामा भएका अनियमितताका बिरुद्ध संघर्ष गर्नु हाम्रो पनि दायित्व हो । जिल्लामा भएका थुप्रै समस्याहरु र अनियमितताका बिरुद्ध राष्ट्रिय जनमोर्चाले लगातार संघर्ष गरेको गौरवपुर्ण ईतिहास रहिआएको अर्घाखाँचीबासिलाई सर्वबिदितै छ । त्यसैले यस्ता कपोकल्पित भ्रममा नपर्न भूमिकास्थान, अर्घाखाँचीबासि र सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौं ।
मिति २०७७ भाद्र २८ गते ।
…………………
. थम्मन् के.सी
अध्यक्ष