छत्रदेव गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्नेका लागि दुई बैंकसँग सम्झौता

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्नेका लागि दुई बैंकसँग सम्झौता गरेको छ ।
छत्रदेव गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्नेका लागि वार्ड नं. १ को लागि साईन रेसुङ्गा बैंक खर्ज्याङ गुल्मी र २ देखि ८ वार्डको लागि नेपाल बाङ्लादेश बैंक छत्रगञ्ज शाखासँग सम्झौता सम्पन्न भएको हो । 
आगामी चौमासिकको भत्ता बैंक मार्फत भुक्तानि भएसँगै यहाँका करिब ६००० जना लाभग्राहीको बैंकमा खाता सञ्चालन हुनेभएको छ ।  

अन्य समाचारहरु