अर्घाखाँचीबाट जिल्ला बाहिर विश्वकर्मा पुजाको दिन बिहीवारदेखि नै सबै सार्वजनिक सवारी साधन चल्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा  विहिबार अर्थात आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन चल्ने भएका छन् । 
सरकारले असोज गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरे अनुसार बिहीवारबाट जिल्ला बाहिर सबै सवारी चल्ने भएका हुन् । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते  बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। मन्त्री ज्ञवालीका अनुसार  सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।
पश्चिम नेपाल बस व्यवसायी संघ, देउराली यातायात लगायत संघसंस्थाले  जानकारी गराए अनुसार विश्वकर्मा पुजाको दिन पारेर अर्को हप्ताको विहिबार अर्थात आगामी असोज १ गतेदेखि जिल्ला भित्र र बाहिर सबै सार्वजनिक सवारी साधन सञ्चालन गरिने भएका हुन् । 
उता काठमाडौंमा पनि बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका थिए । 
 

अन्य समाचारहरु