अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थानमा ३ जना नयाँ संक्रमित फेला परेको छन् । यो सँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३७४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७० जना, शितगंगा नगरपालिकामा ७२, भूमिकास्थान नगरपालिकामा १२०, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३७४ जना संक्रमित रहेका छन् ।
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट मंगलबारसम्म ३४९ जनाले कोरोना जितेर घर फर्केका छन् । भने १८ जना उपचाररत छन् । जसमा सन्धिखर्क नगरपालिकामा ५६, जना, शितगंगा नगरपालिकामा ६६, भूमिकास्थान नगरपालिकामा ११६, मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा मंगलबारसम्म २१९ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २१९ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ० जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ११५ जना रहेको छ ।
साथै मंगलबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ४५ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ५० स्थानमा ९०७ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
मंगलबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २१ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।