वैज्ञानिक संसारको रुपान्तरित पृष्ठभूमिमा
अचम्मित चेतनाको यो एकाइसौ शताब्दीमा
असम्भव भयो टाढा, दिन प्रतिदिन आविष्कारले
क्रान्ति त गजव छ है, विध्वंश पनि उर्लियो यसले
तन्कीएका छ्न सोचहरु नयाँ नयाँ क्रान्तितिर
ब्युझिउन् चेतनाहरु सभ्य वैज्ञानिक क्रान्तितिर
सकारात्मक सोचाइ अनि संघर्षलाई बढाई
जितेका छन पक्कै उनले संसारका चेतनालाई
शुसाङ्ख्यको युग पनि झुल्कि सक्यो सबका सामु आज
विस्फोटक झैँ विष्फोटित छन विकास र विनास आज
छहरा र झरनाहरु सबैलाई विकास चाहियो अरे
विकास विकास भन्दा भन्दै विनास पनि हुदै छ रे
वैज्ञानिक क्रान्तिमा कतै भाइरस फेला पर्ने त हैन ?
शंका उपशंकाले प्राणीको निन्द्रा चोर्ने त हैन?
कारण त बर्सदैछन तुफानी समुन्द्रको वेग जस्तै
वैज्ञानिक क्रान्ति भन्छ मलाई चाहियो फल सस्तै
वैज्ञानिक क्रान्तिमा समानुपातिक पाइला सराई
मुटुको स्पन्दन रहे सम्म डोर्याउनुछ सबैलाई
थुप्रै युग पार गर्यौ जुधौ वैज्ञानिक युग संग
एकचित्त भै कर्म गरे हुने छैन कुनै भंग
शान्ति भन्छिन सधैभरी मलाइ मात्र अंगाला
अंगाल्नु त अवश्य छ वैज्ञानिक क्रान्तिलाई पाल
ओखती बन्नेछ अवश्य सबै मिलिगए पक्कै
विषलाई अमृत तुल्याउनू छ वैज्ञानिक क्रान्तिले चटक्कै
सोच र चिन्तनबाट स्वागत गरौ वैज्ञानिक क्रान्तिलाई
पक्कै त्यहि मार्ग योग्य छ आज सबैलाई
अन्ततोगत्वा कर्म गरौ भाषण छोडी समयमा
मुस्कान आउनेछ विश्वास गरौ वैज्ञानिक क्रान्तिमा