नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाका छ वटा स्थानीय तह मध्य सन्धिखर्क नगरपालिका पनि एक हाे,जस नगरपालिका मा रहेकाे ताल यतीबेला पर्यटकिय गन्तब्य बन्दै गएकाे छ।उक्त ताल जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्वर:६ मा अबस्थित छ।
यतिबेलाकाे समयमा गाउँकाे हरेक ठाउँमा बर्खा मा राेप्ने बाली सियार्ने बेला भएकाे छ। सबैतिर हरियाली छाएकाे छ,उक्त ताल नजीकका नागरिक पनि अाफ्नै काममा व्यस्त देखिन्छन् ।तर उक्त गंगासराेवर ताल वरिपरिका यस्ता मनमोहक दृश्यहरु छन,जुन दृश्यावलोकन गर्न जो कोही पनि हर्सित हुन्छन् ।
अहिलेकाे समयमा पर्यटकिय उदाहरण बनेको हाे ,गंगासराेवर ताल । पहाडको बिचभागमा रहेको यो गंगासराेवर ताल यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ । सम्भावनाले भरिपुर्ण यो स्थान मा अहिले अान्तरिक पर्यटककाे घुईचाे लाग्ने गरेकाे पाईएकाे छ। उक्त गंगासराेवर ताल अाज भन्दा तीन चार वर्ष पहिला धेरै मानीसले प्रयटक भित्र्याउने उदेश्यले उक्त ताल लाई व्यवस्थापन का साथै संरक्षण गरेकाे भएकाले पनि यतिबेला धेरैको ध्यान यसले तानेको हो । अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्दिखर्क देखि दुई पाङग्रेमा हँुइकिएर जाँदा कम्तिमा ४५ मिनेटमा यस स्थनमा पुग्न सकिन्छ ।
यतिबेला त्यस स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । उनीहरु तालसँगै फोटो खिच्न व्यस्त रहन्छन् । त्यहि ताल नजीक थिईन, स्थानीय बासिन्दा सारदा थापा उनी भन्छिन,। ‘निकै आर्कषक ताल छ,यश तालमा अाउने जाेकहि पनि रमाईलाे गर्नेका साथै यश तालमा डुड्गा चड्ने साथै यश स्थानमा अान्तरिक पर्यटक हरु नाईट क्याम्प मा अाउने र यहि रमाईलाे पनि गर्दछन।
उनीमात्र होइन सन्धिखर्क नगरपालीका,नरपानी,धाराका लाल बहादुर थापा पनि फोटो खिच्न व्यस्त देखिन्थे । उनले भने यश सुन्दर ताल जस्काे नामाकरण भई अहिले गंगासराेवर भन्ने गरिन्छ,यश बारे कतिपय जिल्ला भित्रकै नागरीक लाई थाहा छैन,त्यस्काे लागि प्रचारप्रसार काे कमी रहेकाे छ, यसमा सम्बन्धि निकायले समयमै ध्यान दिनुपर्छ।साथै यश तालमा डुड्गा पनि चलाउन मिल्दाे रहेछ तर डुड्गा चड्नकाे लागि अाबश्यक सामाग्री नभएकाले बाेटिङ गर्न गाह्राे पर्ने देखिन्छ , यसकाे व्यवस्थापन गर्न सके पर्यटकीय स्थलका रुपमा यसलाई विकास गर्न सकिने उनकाे भनाई छ।
त्यहि गंगासराेवर ताल माथी पट्टी नरपानी बजार र तल पट्टी धारा बजार रहेकाे छ,उक्त स्थान देखि करिब १० मिनेटकाे पैदल यात्रा गर्नेहाे भने अर्घाखाँचीकाे काे प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर जान सकिन्छ ।उक्त ताल बर्खायाममा मात्र नभई हिउदको समयमा पनि यसलाई सदावहार देख्न सकिन्छ ।यहाँ यश समयमा अान्तरिक तथा बाह्य पर्यटकहरुको पनि घुइँचो लाग्ने गर्दछ । तर यश ताल अवलाेकन गर्न अाउने पर्यटक र उक्त तालमा बाेटिङ गर्न अाबश्यक सामाग्री काे सुबिधा नभएकाले निकै जाेखिम रहेकाे पाईयाे यसकाे समयमै व्यवस्थापन गर्न सक्नेहाे भने साच्चिकै उक्त स्थान वरिपरिका बस्तीमा विकासको फड्को मार्न सक्ने देखिन्छ।