अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धि चालक, सह-चालकहरुलाई सडकमै प्रशिक्षण दिएको छ ।
सवारी दुर्घटना न्युनिकरण तथा सहज ट्राफिक ब्यबस्थापन गरी सवारी आवगमनलाई सहज र सुरक्षित बनाउनको लागी आज शनिबार सन्धिखर्क नगरपालिका वार्ड नं.१ च्यानडाँडा स्थित सन्धिखर्क – तम्घास सडक खण्डमा अर्घाखाँची कार्यालय बाट प्र.स.नि लोकराज न्यौपानेको कमाण्डमा खटिएको ट्राफिक चेकिङ टोलीले, अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा स्थित गोरुसिङगे – सन्धिखर्क सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलीले, जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलीले बिभिन्न सवारी साधनका चालक, सह-चालक र सवार यात्रुहरुलाई सडकमै प्रशिक्षण दिएको हो ।
यस्तै बर्षादको समयमा बाढी पहिरोको कारण सडकमा हुने अबरोध , सडक अप्ठ्यारो भई हुने दुर्घटना , अन्य बिबिध कारणले हुने दुर्घटना बारे जानकारी र यस्ता दुर्घटना बाट कसरी सुरक्षित हुने सम्बन्धि , कोरोना भाईरस (कोभिड-१९) बाट चालक तथा सह-चालक र यात्रुहरुलाई सुरक्षा सतर्कता अपनाई सामजिक दुरी कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने, यात्रु बहाक सवारी साधनहरुमा सिट क्षमताको ५०% मात्र यात्रु राख्ने , मास्कको प्रयोग गर्ने जस्ता बिषयमा चालक –सह- चालक र यात्रुहरु गरी ३ पटकमा ६५ जनालाई सडकमै प्रशिक्षण दिईइको थियो ।