ढिकुराको स्वास्थ्य चाैकी सिल

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची । एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्घाखाँची जिल्लामा भुमिकास्थान नगरपालीका वार्ड नम्बर ९ ढिकुरामा रहेको स्वास्थ्य चाैकी सिल गरिएको छ । 
ढिकुरामा रहेको स्वास्थ्य चाैकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नआउन्झेलसम्म  सिल गरिएको हो ।
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३९०  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२१,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३९० जना संक्रमित रहेका छन् ।     
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शनिबारसम्म ३५२ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ३४ जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ५७,  जना, शितगंगा नगरपालिकामा ६८,   भूमिकास्थान नगरपालिकामा ११६,   मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा शनिबारसम्म  २१५ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २१५ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ०  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ११० जना रहेको छ ।   
  
साथै शनिबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ९ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ५०  स्थानमा ९४४ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३४ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु