मालारानी गाउँपालिकामा संविधान दिवसको अवसरमा विभिन्न अन्तर कर्मचारी खेलकुद कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले संविधान दिवस २०७७ को अवसरमा विभिन्न अन्तर कर्मचारी खेलकुद कार्यक्रम गरि सम्पन्न गरेको छ । 
गाउँपालिकाको आयोजनामा भएका विभिन्न कार्यक्रमहरु मध्ये आश्विन ३ गते दोस्रो दिन राष्ट्रिय झण्डा पुजन तथा परिवर्तनसँगै खेलको सुभारम्भ भई पहिलो खेल भलिवल प्रतियोगिता पालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्य र उपाध्यक्ष प्रमिला क्षेत्रीको सर्भिसबाट सुरु भएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ती भनभनेलीले जानकारी दिनु भयो । 
भलिवल प्रतियोगितामा सहभागी ३ टिम मध्ये सुनिल सम्राट खनाल कप्तान रहेको समुह ए ले जित हात पार्न सफल भएको थियोे । 
यसैगरि भएको शनिबार घैटोफोर प्रतियोगितामा १८ सहभागी मध्ये प्रतियोगी चन्दा पाण्डेले घैटो फोर्दै बिजेता बन्न सफल हुनुभएको थियो।
तेस्रो खेल कुर्सी दौड प्रतियोगितामा महिलातर्फ सहभागी ११ जनामध्ये बिमला खनाल बिजेता हुनुभएको थियोे भने पुरुषतर्फ सहभागी १४ जना मध्ये ईन्जिनियर नविन डुम्रे बिजयी हुन सफल हुनुभएको थियोे ।
कार्यक्रमको तालिका अनुसार आज आश्विन ४ गते प्रभातफेरि कार्यक्रम सम्पन्न गरि पुरस्कार बितरण गरिएको छ । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत घर्तिको भनाई छ । 
कर्मचारी जनप्रतिनिधिविच मैत्रिपूर्ण भलिवल साथै ब्याडमिन्टन प्रतियोगिता पश्चात ३ दिने कार्यक्रमको एक भब्य समारोहबीच पुरस्कार बितरण गरि सम्पन्न गरिएको हो । गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्याको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्ती लगायतले मन्तब्य राख्नु भएको थियोे । 
कार्यक्रममा प्रतियोगितामा प्रथम दुईतिय तृतीय हुनेलाई प्रमाणपत्र मेडल सिलले सम्मान गरिएको थियोे । अर्घाखाँचीका ६ स्थानिय तह मध्ये औपचारिक कार्यक्रम गर्ने मालारानी गाउँपालिका मात्रै हो ।