अर्घाखाँचीमा आधिकारिक ट्रेड युनियनद्वारा आसन्न निर्बाचनमा सहभागी हुन पाउनुपर्ने माग

कृष्ण परियार 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा स्थानिय तह कर्मचारी हकहित मन्च अर्घाखाँचीले आधिकारिक ट्रेड युनियनको आसन्न निर्बाचनमा आफुहरुपनि सहभागी हुन पाउनुपर्ने माग गरेको छ ।
सरकारको ध्यानाकर्षण स्वरुप देशैभरबाट प्रमुख निर्बाचन अधिकृतको कार्यालय सिंहदरबार काठमाडौंमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तरगत जिल्ला सरकारी वकिलको कार्यालय अर्घाखाँची मार्फत पत्र बुझाउँदै मन्चले यस्तो माग गरेको हो । 
देशमा नयाँ संविधान कार्यान्वयनमा आइ मुलुक संघिय ब्यवस्थामा गइसकेको अवस्थामा हुन लागेको युनियनको निर्बाचनको अधिकारबाट आफुहरुलाई बन्चित गराइनु दुःखद भएको मन्चको ठहर छ । 
स्थानिय तह कर्मचारी हकहित मन्च अर्घाखाँचीका फोकल पर्शन शंकर अधिकारीको नेतृत्वमा जिल्लाका ६ वटै पालिकाबाट आएका कर्मचारी प्रतिनिधिहरुले पेश गरेको ज्ञापनपत्रमा राष्ट्रिय किताबखानाबाट कर्मचारी संकेत नम्बर प्राप्तकर्ता सबैले निर्बाचनमा मताधिकार पाउनुपर्ने,कुनै एक तहका कर्मचारिको मात्र हालीमुहाली र बर्चस्व नहुन समतामुलक सहभागिताको हिस्सेदारी सुनिश्चित गर्नुपर्ने,स्थानिय निजामति सेवा नामाकरण गर्नैपर्ने लगायतका माग राखिएको छ । 
संविधानको मर्मबिपरित आफुहरुलाई निर्बाचनबाट चुनिन र मत हाल्न पाउने अधिकार खोसेर गर्न लागिएको निर्बाचनले संघियता बिफल पार्न खोजेको भन्दै निर्बाचनमा चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न मन्चले माग गरेको हो ।

अन्य समाचारहरु