जलुकेको श्री लाहापे माविको चार कोठे पक्की भवन र शौचालयको शिलन्यास कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता  
जलुके, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका – ८ जलुकेको श्री लाहापे माध्यमिक विद्यालयको चार कोठे पक्की भवन र शौचालयको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।  
रातोप्रेस डटकमका अनुसार जलुकेको श्री लाहापे माध्यमिक विद्यालयको चार कोठे पक्की भवन र शौचालयको शिलन्यास कार्यक्रम सम्पन्न भएको हो ।
 लाहापे माध्यमिक विद्यालयको चार कोठे पक्की भवन र शौचालयको शिलान्याससँगै निर्माण कार्य शुरु गरिएको छ ।
शितगंगा ८ का वडा अध्यक्ष रुकेश आलेको विशेष पहलमा विगतका वर्ष देखि निरन्तर रुपमा विद्यालय भवन निर्माण हुँदै आएका छन । राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईको रु. ६८ लाख ४२ हजारको लागतमा चार कोठे नयाँ भवन र १४ लाख ५१ हजारको लागतमा निर्माण हुन लागेको शौचालयको शिलान्यास शितगंगा ८ का वडा अध्यक्ष रुकेश आलेले गर्नु भएको हो ।
चारकोठे भवन र शौचालयको चैत मसान्ता भित्रमा पूरा गर्ने लक्ष्यका साथ काम सुरु गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश जवराले रातोप्रेस डटकमलाई बताउनु भयो । आउँदो चैत सम्ममा निर्माण कार्य सम्पन्न गरी नयाँ शैक्षिक सत्र देखि कक्षा संचालन गर्ने समेत बताउनुभयो ।
निर्माणाधिन भवन र शौचालयको शिलन्यास गर्दै शितगंगा ८ का वडाअध्यक्ष रुकेश आलेले विद्यालयको भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लाने बताउनु भयो । शैक्षिक सुधारको लागि कक्षाकोठा अभावले समस्या भएको हुँदा नयाँ भवनले त्यसको आवश्यकता पूरा गर्ने बताउनु भएको छ । शैक्षिक क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार विकासमा क्रमिक रुपमा सुधार गर्न आफु निरन्तर लागि रहेको बताउनुभयो ।
कार्यक्रममा वडाका जनप्रतिनिधी, अस्थायी प्रहरी चौकी सातमाराका प्रमुख नहकुल देव गिरी लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु