हो हामीलाई कुलमान चाहिन्छ (कविता)

निरु आचार्य “नवरश्मि “
अठारौ घण्टा अन्धकारमा देश रोमलिरहेको बेला 
कति बेला लाइन आउछ र मोबाइल चार्ज गरि देश बिदेशका आफन्तहरुलाई फोन गरुला भनि पर्खिरहेको बेला 
हरेक विद्युतिय कामहरु ठप्प भइरहेको बेला 
अतिरन्जित किसिमको माहोल सिर्जित भइरहेको बेला 
अर्बौ अर्ब विद्युतमा घाटा भइरहेको बेला 
विद्युत प्राधिकरणमा आइ मान राखेको हुनाले
हो हामीलाई कुलमान चाहिन्छ ,
जहातहि विद्युत चुहावट रोकेर 
हरेक दिन अझ भनौं दिपावलि जस्तो महान पर्व समेतमा चौबिसौ घण्टा खटिएर देशको उज्यालो मुहार देखाउने र दीपावली मनाउन शान्ति ,समृद्धि ,खुशी प्रदान गर्न  हौसाउने ब्यक्ति 
हो हामीलाई कुलमान चाहिन्छ ,
धेरैजसो प्रसासनिक गतिविधिहरु गर्न समेत घुस माग्ने कर्मचारीहरुलाई पाठ सिकाउन 
औसधिमुलो गर्न ,राज्यको कुनै अग्रपंक्तिमा रोजगार पाउन तथा कुनै बिशिस्ट पद पाउन 
नाताबाद ,कृपाबाद लागु भइरहेको बेला 
एक असल ,इमान्दार ,कर्तव्यनिष्ठ कर्मचारीको संदेश फैलाउन 
हो हामीलाई कुलमान चाहिन्छ ,
घुसखोरिको भण्डाफोर गर्न ,बोल्नभन्दा गरेर देखाउने 
देशको उन्नति ,प्रगतिमा दिनरात ,घामपानी नभनि खटिरहने 
एक असल नेत्तृत्व ,सच्चा देशभक्त 
हो हामीलाई हरेक ठाउमा कुलमान प्रवृत्ति चाहिन्छ ।