–माधव अधिकारी
काठमाडौं (अर्घाखाँचीडट्कम ) । विगतमा तत्कालीन जिल्ला विकास समितिकी स्थानीय विकास अधिकारी रहनुभएकी उपसचिव लक्ष्मी पाण्डेय गौतमको अर्घाखाँची जिल्ला समन्वय समितिको जिल्ला समन्वय अधिकारीका रुपमा पुनरागमन भएको छ । जनप्रतिनिधि विहीन अवस्थामा स्थानीय विकास अधिकारीका रुपमा कार्यरत रहँदा उनले आफ्नो छोटो कार्यकालमा जिल्लाको समग्र विकासमा उनले पुर्याएको महत्वपूर्ण योगदान जिल्लावासीको मानसपटलमा अझै ताजा छ । जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार र विशेषगरी महिला वर्गको सशक्तीकरणका लागि उनले प्रशंसनीय कार्य गरेकी थिइन् । उनी संघीय सरकारको खानेपानी मन्त्रालयबाट हाल जिल्ला समन्वय अधिकारीका रुपमा आएकी हुन् । तीन नगरपालिका र तीन गाउँपालिका गरी जिल्लाका छ वटा स्थानीय तहबीच समन्वय गर्ने तिनका गतिविधिको सुपरीवेक्षण एवं मूल्याकंन गर्ने तथा कर्मचारी र जनप्रतिनिधिलाई सहयोग पु¥याउने गहन जिम्मेवारी अहिले गौतमको काँधमा छ ।उनको कार्यकाल जिल्ला समन्वय समितिको प्रभावकारिता अभिवृद्धिका लागि महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको उपसचिव पदमा कार्यरत गौतम एक मृदुभाषी,सरल,सहज ,इमान्दार,प्रतिभाशा एउटा कुशल प्रशासकमा हुनुपर्ने सबै गुण छन् गौतममा । उनको कार्यकुशलताबाट सेवाग्राहीमात्र होइन कार्यालयका अन्य कर्मचारी पनि उत्तिकै प्रभावित हुन्छन् । उनले निःस्वार्थ ढंगले नियमानुसार पाउने तलबमात्र लिएर देश र नागरिकको गरिरहेकी छन् । आफू कार्यरत कार्यालयमा उनी कार्यालय समयका अतिरिक्त सार्वजनिक विदाका दिनमा पनि काममा व्यस्त रहन्छिन् । कार्यसम्पादनका क्रममा पेशागत निष्ठा, नियमितता, मितव्ययिता र कार्यदक्षताको राम्रो ख्याल राख्छिन् । जिल्ला समन्वय अधिकारीको पदलाई उनले जागिर होइन,जिल्लाको सेवा गर्ने अवसरका रुपमा लिएकी छन् । आफ्नो जिम्मेवारीप्रति उनमा समर्पणको भाव छ । कामको चापका बीच पनि प्रसन्न रहनु, प्रतिकूल परिस्थितिमा नआत्तिनु र स्वविवेकले निर्णय लिनु उनका विशेषता हुन् ।ली,प्रखर तार्किक बौद्धिक क्षमतायुक्त प्रशासक हुन् ।स्थानीय तह सञ्चालनमा उनको लामो अनुभव छ । यसअघि उनले ललितपुरको साबिक कार्यविनायक नगरपालिका र काठमाडौँस्थित नागार्जुन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिसकेकी छन् । उनले केही समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेकी थिइन् । उनी पेशागत निष्ठा, मर्यादा र आचारसंहिताको पूर्ण परिपालना गर्दै नियममा अडिग रहने एक प्रशासक हुन् । उनी कार्यालयका आ गन्तुक, जनप्रतिनिधि र कर्मचारीलाई उत्तिकै सम्मानपूर्वक व्यवहार गर्छिन् । उनको हृदय र मनबीच समानता छ । उनमा प्रज्ञा र करुणाको सम्मिश्रण पाइन्छ ।उनको बोली जत्ति मीठो छ, व्यवहार पनि त्यत्तिकै राम्रो छ । स्थानीय तहका गतिविधि सञ्चालनमा उनले राम्रो दक्षता हाँसिल गरेकी छन् । वक्तृत्वकला, साहित्यजस्ता विधामा पनि उनको निपुणता छ ।उनमा नेपाली, अंग्रेजी र हिन्दी भाषाको यथेष्ठ ज्ञान छ
निजामती सेवाको उच्च पदमा पुगेपनि उनमा कुनै दम्भ,अहंकारको भाव छैन । शालीन हाउभाउ र भव्य व्यक्तित्वकी धनी गौतमको आदर्श ‘सादा जीवन उच्च विचार’हो ।“उपलब्ध श्रोत साधनको प्रभावकारी सदुपयोग गर्दै अर्घाखाँची जिल्लालाई प्रदेश नं ५ को नमूना जिल्लाका रुपमा विकास गर्न सबैको सामूहिक प्रयास आवश्यक छ” —स्थानीय विकास अधिकारी गौतम भन्छिन् ।