अर्घाखाँचीमा मासु व्यवसायी संघद्वारा कुखुराको मासुमा नयाँ मुल्य निर्धारण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची । अर्घाखाँची जिल्लामा मासु व्यवसायी संघले कुखुराको मासुमा नयाँ मुल्य निर्धारण गरेको छ । 
मासु व्यवसायी संघ अर्घाखाँचीले चाडपर्व नजिकै गर्दा कुखुराको मासुको नयाँ मुल्य निर्धारण गरेको हो । 
मासु व्यवसायी संघ अर्घाखाँचीका महासचिव राम केसीले जारी गरेको नयाँ मुल्य निर्धारण सुचना अनुसार कुखुराको मासु प्रति केजी रु. २४०, कुखुराको पाङ्रग्रो कलेजो प्रति केजी रु. २४० र कुखुराको खुट्टा, टाउको प्रति केजी रु. १२० रहेको छ । 

अन्य समाचारहरु