अर्घाखाँचीभरका क्वारेन्टिनमा बस्नेको संख्या आईतबार १४२ जना पुग्यो, आज ९ जना भित्रिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा आईतबारसम्म  १४२  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १४२ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ०  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ७१ जना रहेको छ ।  
 अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४०१  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८१,  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४०१ जना संक्रमित रहेका छन् ।     
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट आईतबारसम्म  ३६६ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ३१   जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ६९,  जना, शितगंगा नगरपालिकामा ७०,   भूमिकास्थान नगरपालिकामा ११६,   मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
  
साथै आईतबार दिउँसो ३ बजेसम्ममा ३  घण्टामा ९ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४७  स्थानमा ९२२ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३१  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु