काठमाडौं । कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको छ । सुनसरी चितवन र वीगञ्जमा जनाको मृत्यु भएको हो ।
सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकादिनुभयो ।
ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
केही समय देखिनै मृगौला फेल भइ डायलासिस गरिरहेका उनको असोज ४ गते कोरोना पुष्टी भएको थियो ।
त्यसैगरी पर्साका एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको हो । इमेजच्यानलमा समाचार छ।