सुर्य भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ को नवनिर्मित भवनको शिल्यान्यास भएको छ।
वडा कार्यालय आज एक कार्यक्रमका विच प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय चन्द्र वहादुर खड्काद्वारा शिलान्यास भएकाे छ ।
भवन नगरपालिका मार्फत समपुरक बजेट अन्तर्गत रु ७८७००००० सात कराेड सतासी लाख मध्य ५४८००००० पाँच कराेड अठ्चालिस लाखमा टेण्डर भएकाे थियाे। बहुवर्षे याेजना मध्य याे आ.व मा २५०००००० दुई कराेड पचास लाखमा नगरपालिका वाट विनियाेजन छ ।
सो अवसरमा राष्ट्रिय सभाका सामसद चन्द्रबहादुर खड्काले बिकास निर्माणका कामहरुमा कसैले पनि अबरोध गर्न नहुने बताउनु भएको छ ।
भबनको सिल्यान्यास गर्दै सासद खड्काले बिकास निर्माणका कामहरुलाई अगाडि बढाउन सबै जिल्लाबासिहरु एक हुनुको बिकल्प नभएको बताउनु भयो । उहाले जिल्लामा हुने बिकास निर्माणका कामहरुको सकरात्मक भन्दा नकारात्मक प्रचारप्रसार गर्ने प्रबिर्तिको बिकास भएको बताउदै जिल्लाको बिकासमा आफुहरु लागि परेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले वार्ड नम्बर ९ को वार्ड कार्यालय निर्माणका लागि शिव भुसालको स्मृतिमा जग्गा उपलब्ध गराउने सन्धिखर्क वार्ड नम्बर ९ निबासी टिकादेवी भुसाल र उहाका छोराहरु बिस्णु प्रसाद भुसाल माधब भुसाल परिबारलाई धन्यबाद दिदै वार्ड कार्यालय गुणस्तरीय बनाउन आग्रह गर्नु भयो ।
भुसालले बिकास निर्माणका काममा नगरपालिका अग्रपंक्तिमा रहेको बताउदै नगरभित्रका १२ वटा कार्यालयहरु अब निर्माण हुने गरि प्रकिया अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले बिकासका हिसाबले अर्घा वार्ड नम्बर ९ को बजेट अन्य वार्डमा भन्दा बढि परेको बताउदै गुणस्तरीयतामा कुनै कम्परमाईज गर्न नदिने र अनुगमन पनि दुर्त गतिमा अगाडि बढाएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले भबन निर्माण गर्दा निकै बलियो भरपर्दो बनाउन र गुणस्तरीय सामानहरु प्रयोग गर्न निर्माण ब्यबसायीलाई आग्रह गर्नु भयो । उहाले गुणस्तरीयतामा कमि भएमा आफुले भुक्तानी दिन नसक्ने बताउदै प्राबिधिकहरुलाई राम्रोसँग अनुगमन निरिक्षण गर्न निर्देसन दिनु भयो ।
साप्कोटाले प्राबिधिकहरुका समेत गुनासा आउने गरेकाले सरकारी भबन गुणस्तरीय बनाउन बिकास निर्माणलाई पार्दसि बनाउन प्राबिधिक जनप्रतिनिधि नागरिक समाज सबै लाग्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा वार्ड अध्यक्ष देब बहादुर रायमाझी ईन्जिनियर प्रमोद केसी प्राबिधिक हरि बहादुर बोहरा नारायण पोख्रेल जग्गा दाता टीका देवि भुसाल समाजसेवि सरोज भुसाल राम बहादुर रायमाझी ( ठूलो ) रामबहादुर रायमाझी सानो सालिकराम भुसाल वार्ड सदस्य हरु निर्माण ब्यबसायी कृस्न बस्याल तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा जग्गा दाता टिकादेवि भुसालले हिन्दु परम्परा अनुसार बिधिबत पुजा आजा गरेपछि भबनको सिल्यान्यास गरिएको थियोे । भबनका लागि टिकादेवि भुसाल बिस्नु भुसाल माधब भुसाल परिवारले दुईरोपनि ८ आना जग्गा सन्धिखर्क नगरपालिका मार्फत वार्ड नम्बर ९ लाई उपलब्ध गराउनु भएको थियोे । कार्यक्रम बल बहादुर रायमाझीको सन्चालनमा सम्पन्न भएको हो ।