खाँचीकोटको मैदानका एक युवाको भारतको लुधियानामा डेंगुका कारण मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको मैदानका एक युवाको भारतको पंजाब राज्यको लुधियाना शहर स्थित ढोलेवालमा डेंगुका कारण मृत्यु भएको छ।  
खाँचीकोटको मैदानका खेमराज पुरी र हरिकला पुरीको छोरा २० वर्षीय महेश पुरीको भारतको पंजाब राज्यको लुधियाना शहर स्थित ढोलेवालमा डेंगुका कारण मृत्यु भएको हो । 
लुधियानाबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इन्डस्ट्रियल एरिया सदस्य तथा समता विभाग सदस्य भगत विकले दिनुभएको जानकारी अनुसार महेश एक हप्ता पहिला मात्र गुजरातबाट लुधियाना मजदुरी गर्ने गरी आएका थिए ।
तर उनी आएको दुइ दिनपछि नै बिरामी भएका थिए । उनलाई डेंगू भएको रिपोर्ट आएको विकले बताउनुभयो ।
उनको सेप्टेम्वर २६ को साँझ साढे ७ बजे निधन भएको बुझिएको छ ।

अन्य समाचारहरु