गत साता राष्ट्रपति डा. रामवरण यादव आफ्नो जन्मभूमि पुगे। धनुषाको सपहीमा उनी सेनाको विशेष हेलिकप्टरबाट उत्रिँदा हजारौं मानिसहरु उपस्थित भइसकेका थिए। नहुन पनि किन, राष्ट्रपतिमात्र होइनन्, उनीहरुकै गाउँले पनि हुन् यादव। यहीँ देख्नपाइयो राष्ट्रपति यादवको सरल जीवन। गाउँलेसँगको भेटघाट होस् या सामुहिक भोजन, उनको जीवनले सामान्य नेपालीभन्दा बढीको प्रतिनिधित्व गरेन। परिवारसँग होस या खेतमा होस्, या आँपका गाछीछेउ यादवको सामान्य जीवनलाई सहजै बुझ्न सकिन्थ्यो। उनको जीवनमा एक दिनलाई क्यामराबाट नियाल्दा : नागरिक