शितगंगा – १२: कोठिया पिडितलाई राहत बितरणमा समन्वय गर्न वडाअध्यक्ष गैरेको आग्रह (राहत सहयोग गर्नेको विवरण हेर्नुस्)

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा करिव २६ घर पुर्ण रुपमा क्षति तथा अन्य १५ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपको भएको बेला जिल्ला भित्र र बाहिरका संघ- संस्थाहरुले राहत र आर्थिक सहयोग गरेका छन् । 
कोठिया मैदानका पहिरो पीडितहरुलाई वार्डबाट निरन्तर राहत, उद्दार लगायत सहयोग भईरहेका छन् । यसै बिच शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ का वडाअध्यक्ष बाबुराम गैरेले कोठिया पिडितलाई राहत बितरणमा समन्वय गर्न सबैमा अनुरोध गर्नुभएको छ । 
वडाअध्यक्ष बाबुराम गैरेले अर्घाखाँचीडट्कमको के गर्दैछ स्थानीय सरकार ? कार्यक्रममा बोल्दै कोठिया पिडितलाई राहत बितरणमा समन्वय गर्न अनुरोध गर्नुभएको हो । गैरेले कोठिया पिडितलाई राहत र आर्थिक सहयोग गर्ने जिल्ला भित्र र बाहिरका संघ- संस्थाहरु लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । 
जोख्लेगैरामा करिव २५ घर पुर्ण रुपमा क्षति तथा अन्य २३ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपको भएको बेला वडाअध्यक्ष बाबुराम गैरेले पहिरो पीडितलाई राहत, स्थानान्तरणका लागि कुनै कसर बाँकी नराख्ने र निरन्तर पहल गर्ने बताउनु भयो । 
विस्तापितहरुको विवरण
राहत र आर्थिक सहयोग गर्ने जिल्ला भित्र र बाहिरका संघ- संस्थाहरु विवरण यस्तो छ: 

अन्य समाचारहरु