काठमाण्डाै – राष्ट्रिय भिटामिन ए कार्यक्रम आउँदो मङ्सिर महिनामा सञ्चालन हुने भएको छ ।
यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिङ तिङ्करीले मङसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।
एक महिना ढिलो गरी अभियान भएकाले अहिले पनि एक महिनापछि सरेको महाशाखाका निर्देशक डाक्टर तिङ्करीले बताउनुभयो ।
६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने डाक्टर तिङ्करीले बताउनुभयो ।
बालबालिकालाई भिटामिन ए र जुकाको औषधिसँगै बालभिटा र पाखुराको नापसमेत लिइनेछ । रासस