अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले अन्तररास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ९२ बर्ष माथीका ज्येष्ठ नागरिक सम्मानित गरेको छ ।
ज्येष्ठ नागरिकहरुलाइ नगरपालिकाले दोसल्ला ओढाएर बलांकेट प्रदान गरी सम्मान गरेको हो । वडा नम्वर १ र २ का ८ जनालाइ सन्धिखर्क नगरपालिकामा र ६ र ७ का ५ जनलाई फुद्वांग बजारमा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले ज्येष्ठ नागरिकहरु नगरपालिकाको गहना भएको बताउनु भएको छ । उहाँहरु संग त्याग, तपस्या र धेरै विषयमा जानकार भएको बताउनु भयो । सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकले ज्येष्ठ नागरिकहरुको हक र हितमा सन्धिखर्क नगरपालिका रहेको बताउनु भएको छ । उहाँहरुलाई दिनु पर्ने सेवा सुविधा दिन आफुहरु सधैभर अग्रसर भएको जानकारी दिनु भयो ।
सन्धिखर्कमा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नम्वर १ का अध्यक्ष युवराज बन्जाडे, २ का वडा अध्यक्ष मोतिजंग रायमाझि, वडा सदस्य सुमित्रा मुखीया, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमरा बिकको अध्यक्षता, शाखा अधिकृत मञ्जु खनालको स्वागत मन्तब्य र पुस्पा भुसालको सञ्चालनमा सम्पन्न भएको हो । वडा नम्वर ६ र ७ का ज्येष्ठ नागरिकहरुको सम्मानका लागि फुदुवांगमा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम वडा अध्यक्ष प्रितम थापाको अध्यक्षता, वडा सचिव वेलकुमारी परियारको सञ्चालन र वडा सदस्य बिष्णु प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।