सिद्धाराको ढुङ्गेसेरा, धानखोला र जावुनेबासका पहिरो प्रभावित क्षेत्रमा प्रदेश ५ टोलीद्वारा स्थलगत निरिक्षण

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा, धानखोला र जावुनेबासका पहिरो प्रभावित क्षेत्रको प्रदेश ५ कोे एक टोलीले स्थलगत निरिक्षण तथा अवलोकन गरेको छ ।
प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव स्थरिय बैठकले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरि ५ दिन भित्रमा प्रतिवेदन पेश गर्नका लागि भुमि व्यवस्था,कृषि विकास तथा सहकारि मन्त्रालयका अधिकृत देबिराम मरासेनिको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय का नर बहादुर अर्याल ,भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जिनियर प्रविन कुमार र स्वास्थ्य मन्त्रालयका शैलेन्द्र पाण्डे सहितको ४सदस्सिय टोली प्रभावित क्षेत्रमा पठाएको हो ।
टोलीमा वडा अध्यक्ष कोपिला चन्द आले ,वडा सदस्य हरु ईन्द्र बहादुर पल्ली , गणेश पुलामी , वडा सचिव मोदनाथ ज्ञवालि , नेकपा नेता नारायण प्रसाद आचार्य ,नवराज भुसाल स्थानीय मन बहादुर सुनारी ,तारा बहादुर सुनारी ,बोम बहादुर सुनार र बिष्णु भण्डारीको समेत उपस्थिति रहेको थियोे ।
टोलिले ११न।वडाका पहिरो प्रभावितहरुका लागि प्रदेश ५ सरकारले उपलब्ध गराएको ४२थान त्रिर्पाल वडा अध्यक्ष कोपिला चन्द आलेलाई हस्तान्तरण गरेको छ । टोली ११न। पहिरो प्रभावित बस्तिहरु अनुगमन सकाई भोलि वडा न।१२को कोठिया मैदानमा जाने टोलि प्रमुख देबिराम मरासिनीले बताउनु भयो ।

अन्य समाचारहरु