सिङ्गापुर, पेरु, ताजीकिस्तान, काजाकिस्तान, उज्बेकिस्तान, चेक, फिन्ल्याण्ड र लेबनानलगायत मुलुकहरु तथा अन्तर्राष्ट्रिय संगठनले छुट्टा छुट्टै रुपमा वक्तव्य प्रकाशित गर्दै हिजो मस्कोको भूमिगत रेल स्टेशनमा गराइएको विस्फोटको घटनाको कडा शव्दमा निन्दा गर्नुका साथै सबै किसिमको आतंकवादमाथि प्रहार गर्ने कुरामा जोड दिएका छन्।
सिङ्गापुरका राष्ट्रपति एस.आर.नाटान तथा प्रधानमन्त्री ली हैसिन लुङले रुसका नेताहरुलाई सन्देश पठाएर मस्कोको भूमिगत रेल स्टेशनमा गराइएको विस्फोटको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै त्यसमाथि कडा शव्दमा निन्दा गर्नुभयो।
फिन्ल्याण्डका राष्ट्रपति टारजा हालोनन, प्रधानमन्त्री माटि भान्हानेन तथा विदेशमन्त्री एलिक्चान्दर स्ताबले रुसका राष्ट्रपति दमिट्री मेदभेदेभलगायत राष्ट्रिय नेताहरुलाई सन्देश पठाएर फिन्ल्याण्डेली जनताका तर्फबाट सो घटनाका मृतकहरुप्रति गहिरो श्रद्धान्जलि व्यक्त गर्नुभयो।