प्रदेश ५ को राजधानी: शितगंगा ८ जलुके, ९ सिद्धारामा जग्गा किनबेच र कित्ताकाट गर्न राेक

साविक जलुके ४ को लामातालमा
अर्घाखाँचीडट्कम संवाददाता
बुटवल / अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा गाउँपालिका र दाङको गरुडा र राप्ती गाउँपालिकामा राजधानी रहने गरी प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश भए लगतै शितगंगा गाउँपालिका वार्ड नम्बर ८ जलुके, ९ सिद्धारामा जग्गा किनबेच र कित्ताकाट गर्न राेक लगाइएको छ ।
मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयका अनुसार प्रदेश ५ को राजधानी प्रस्ताव भएको ठाउँ शितगंगा गाउँपालिका वार्ड नम्बर ८ जलुके, ९ सिद्धारामा जग्गा किनबेच र कित्ताकाट गर्न राेक लगाइएको हो । यस्तै दाङको गढवा १,२,३ वार्डमा पनि जग्गा किनबेच र कित्ताकाट गर्न राेक लगाइएको छ ।
यस्तो छ मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालय पत्र:

अन्य समाचारहरु